चीनले अमेरिका लगायतका मुलुकलाई दियो चेतावनी : सावधान ! ‘हाम्रो आलोचना गर्नेको आँखै निकालिदिन्छौं’



बीबीसी । हङकङका विषयमा आफूविरुद्ध आरोप लगाउने मुलुक विरुद्ध चीन कडा रुपमा प्रस्तुत भएको छ । अमेरिकालगायत पश्चिमा मुलुकले हङकङका विषयमा आलोचना गर्दै आएका छन् । आरोप लगाउने पश्चिमा मुलुकलाई चीनले आँखै निकालिदिने चेतावनी दिएको छ ।

गत हप्ता चीनले हङकङका विषयमा गरेको एक प्रस्तावका विषयमा अमेरिका लगायतका पश्चिमा देशहरुले विरोध जनाएका थिए । प्रस्तावमा राष्ट्रिय सुरक्षामा खतरा देखिने गतिविधि र अभिब्यक्ति दिने नेतालाई वर्खास्त गर्ने उल्लेख छ । हङकङ सरकारले ती नेतालाई बर्खास्त गर्न सक्ने प्रस्ताव पेस गरेपछि अमेरिका लगायतका मुलुकले त्यसको विरोध गरेका थिए ।

आफ्नो मुलुकको सुरक्षाका लागि खतराको जोखिम लिन नसक्ने भन्दै चिनले यस्तो निर्णय गरेको थियो । सो प्रस्तावका आधारमा हङकङले लोकतन्त्र समर्थक चार सांसदलाई बर्खास्त गरिसकेको छ।

सोही विषयमा अमेरिका, ब्रिटेन, अस्ट्रेलिया, न्युजिल्यान्ड र क्यानडाले चीनविरुद्ध हङकङमा निर्वाचित सांसदलाई अयोग्य ठहर्‍याउने नयाँ नियम बनाएको भन्दै आलोचना गरिरहेका छन्।

त्यस्तो आरोप लगाउनेहरूको आँखै निकाल्दिने चेतावनी चीनले दिएको हो। आफ्नो देशको मामिलामा हस्तक्षेप नगर्न चेतावनी दिँदै चीनको विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजिआनले भनेका छन्, ‘तिमीहरू सावधान बन, अन्यथा आँखा निकाल्दिन्छौं। तिमीहरू पाँचवटा होऊ वा दसवटा, फरक पर्दैन।’उनले अगाडि भनेका छन्, ‘चिनियाँ नागरिक न चिन्ता गर्छन्, न कसैसँग डराउँछन्।’

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
xpornplease pornjk porncuze porn800 porn600 tube300 tube100 watchfreepornsex