यदि त्यो दिन शक्ति कपूरको कार दुर्घटना नभएको भए…



काठमाडौं । शक्ति कपूर (जन्मनाम: सुनिल शिकन्दरलाल कपूर, ३ सेप्टेम्बर १९५२) एक भारतीय अभिनेता हुन् उनी बलिवुडको प्रख्यात खलनायक तथा हास्यकलाकार हुन् । उनले आफ्नो पेशागत जीवनमा ७०० भन्दा बढि चलचित्रहरूमा भूमिका निभाएका छन् । सन् १९८० हरू र १९९० हरूमा उनले अभिनेता कादर खानसँग हास्य जोडि तथा खल जोडिको रूपमा १०० भन्दा बढि चलचित्र खेलेका थिए । उनि भारतिय टेलिचलचित्र कार्यक्रम बिग बोसको सहभागि पनि हुन् । शक्ति कपूर दिल्लीमा पन्जाबि परिबारमा जन्मिएका थिए । उनको बुबाले नयाँ दिल्लीको कोनन्ड प्लेसमा लुगा सिलाउने पसल चलाउथे । उनले सुनिल कपूर नाम खल भुमिकाको लागि कमजोर हुने सोचेर आफ्नो नाम शक्ति कपूर राखेका थिए ।

चर्चित खलनायक तथा हास्य कलाकार शक्ति कपूरको नाम नसुन्ने साएदै कमै होलान । शक्ति कपूरले फिल्महरूमा सबै प्रकारका अभिनयहरू गरेका छन् । शक्ति कपूरको जन्म ३ सेप्टेम्बर १९५२ मा दिल्लीको करोलबागमा भएको थियो र उनको वास्तविक नाम सुनील कपूर हो।

शक्ति कपूर एकदिन गाडि चलाएर कतै जादै थिए जब उनको कार मर्सिडीजसँग ठोक्कियो । शक्ति कपूर एकदम रिसाएर त्यसपछि कारबाट ओर्लेिएर मर्सिडीजमा बसेका व्यक्तिसँग पैसा मागे। मर्सिडीजमा बसे व्यक्ति अरु कोही थिएनन् फिरोज खान थिए । त्यो घटना त समाप्त भयो, तर फिरोजले शक्तिको स्टाइललाई धेरै मन पराए ।

फिरोजले शक्तिको बारे साथीहरुलाई बताउदै भने,’एक केटा छ म त्यसलाई फिल्म ‘कुर्बानी’ मा खलनायक बनाउन चाहान्छु।’ यसपछि शक्तिसँग कुरा गरियो र उनलाई फिल्ममा काम गर्ने मौका मिल्यो। शक्तिको अभिनय चलचित्रमा निकै रुचाइयो।

सुनील कपूरबाट शक्ति कपूर बन्ने उनको कथा पनि रमाईलो छ। वास्तवमा शक्ति सुनील दत्तसँग फिल्म ‘रक्की’ मा काम गरिरहेका थिए , जब सुनील दत्तले उनलाई भने,’ सुनील नाम खलनायकमा राम्रो सुनिएन । उसको नाम जवरजस्त हुनुपर्छ ।’ उनको नाम सुनील कपूरबाट यसरी शक्ति कपूरमा परिवर्तन भयो।

शक्ति बलिउडमा ‘कुर्बानी’ र ‘रक्की’ फिल्मबाट चिनिए । सो चलचित्रमा उनले खलनायकको भूमिका खेलेका थिए । यसपछि उनले ‘हिम्मतवाला’ र ‘हीरो’ जस्ता फिल्महरूमा खलनायकको भूमिका पनि खेले, तर यसपछि उनले आफूलाई कमेडीयनको रुपमा चिनाउन चाहे । धेरै फिल्महरूमा हास्य पात्र भएर पनि उनले अभिनय गरेका छन् । यसमा ‘राजा बाबू’, ‘बाप नम्बरी बेटा दास नम्बरी’, ‘अंदाज अपना अपना’, ‘तोहफा’, ‘चलबाज’ जस्ता फिल्महरू सामिल छन्। पछिल्लो समय शक्तिको परिचय श्रद्धा कपूरको बुबा बनेको छ । उनी छोरी श्रद्धा कपूर बलिउडका चर्चित अभिनेत्रीहरुमा पर्छिन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
xpornplease pornjk porncuze porn800 porn600 tube300 tube100 watchfreepornsex