कम्युनिस्ट, कांग्रेस र राजावादी भन्दा देश र जनता ठूलो हो मनिषा कोइराला (भिडियो हेर्नुस्)



काठमाडौ । कुनै जमानामा बलिउडमा एकछत्र राजगरेकी नेपाली छोरी मनिषा कोइराला वनारसमा हुर्किएकी हुन् । उनी विपि कोइरालाको श्रीमति सुशिला कोइरालकोे काखमा हुर्किएकी हुन् । सुशिला फिल्म क्षेत्रको निकै सौखिम थिइन् ।

त्यसैले मनिषालाई फिल्म क्षेत्रमा प्रवेश गर्न हजुरआमाको त्यो सौख पनि एउटा प्रेरणा भएको हुनसक्ने बताएकी छन् । उनले एक टेलिभिजनमा अन्तरवार्ता दिँदै भनेकी छन्, शुष्मा कोइराला ९आमा० संग फिल्म क्षेत्रमा जान अनुमति माग्दा आमाले भन्नुभयो तिमी जुन सुकै क्षेत्रमा जाउ , चाहे त्यो मालि नै किन नहोस् त्यो क्षेत्रमा आफुलाई सर्वश्रेष्ठ प्रमाणीत गर ।

आमाको त्यो कुरालाई ध्यानमा राखेर म फिल्म क्षेत्रमा गएँ त्यस पछि मैले पछाडी फर्केर हेर्नुपरेन । उनले आफु सानैमा डाक्टर बन्न चाहन्थिन् । कोइराला परिवारमा डाक्टर, इन्जिनियर र राजनीतिज्ञ मात्र थिए त्यसैले मैले पनि त्यही क्षेत्रकै बारेमा सोचेकी थिए, उनले भनिन् तर म डाक्टर बनेको भए यति सफल हुन्नथे होला । उनले अन्तरवार्ताका क्रममा आफु कसरी फिल्म क्षेत्रमा प्रवेश गरे र सफल भएँ भन्ने बारे पनि विस्तृतमा खुलाएकी छन् ।

मनिषा कोइरालालाई लाग्छ राजनीतिक दलभन्दा ठूलो मुलुक हो । त्यसैले जुनसुकै पार्टीले राम्रो काम गर्छ आफ्नो सहयोग रहने बताएकी छन् । उनले आफ्नो पारिवारिक राजनीतिक पृष्ठभूमी जे भएपनि आफु भने तटस्थ रहेको बताएकी छन् ।

उनले त्यही ढंगले राजनीतिलाई पनि हेरेको बताएकी छन् । जुन पार्टीमा लागेपनि सबैको उद्देश्य मुलुक र जनताकै लागि काम गर्ने भएकाले आफुलाई कुनै पार्टीप्रति झुकाव नभएको बताएकी छन् ।

कालापानी लिपुलेक र लिम्पीयाधुराका विषयमा सामाजिक सञ्जालमा गरेको प्रतिकृया पछि उत्पन्न परिस्थितीमा आफु कसरी मुम्बईवाट काठमाडौ आइपुगे भन्ने कुरा पनि उनले सुनाएकी छन् । उनले त्यतीबेला भारतीय मिडियाले आफुलाई गरेको प्र हा र का कारण निकै दुखी भएको पनि बताएकी छन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
xpornplease pornjk porncuze porn800 porn600 tube300 tube100 watchfreepornsex