कोरोना सङ्क्रमितका कारण छातीमा रगत र जमी श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना भएका डाक्टर ध्रुवको निधन



वरिष्ठ चिकित्सक डा ध्रुव मुडभरीको कोभिड–१९ सङ्क्रमणबाट निधन भएको छ । पिसीआर पोजेटिभ देखिएपछि होम क्वारेन्टाइनमा रहनुभएका ७७ वर्षीय डा मुडभरीलाई श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि चावहिलस्थित ॐ अस्पताल भर्ना गरिएको थियो । त्यहाँ उपचारका क्रममा आज उहाँको निधन भएको छोरी अनुजा शर्माले जानकारी दिनुभयो । अस्पतालमा जाँचका क्रममा उनको छातीमा रगत जमेको पाइएको थियो। अस्पतालमा उंहालाई आइसियुमा राखेर उपचार भइरहेको थियो। डा मुडभरी नेपालमा सर्जरी सेवा सुरु गर्ने डाक्टर मध्येका एक हुनुहुन्थ्यो  ।

राजविराज, भैरहवा, बुटवल, पोखरा र काठमाडौँको वीर अस्पतालमा सरकारी शल्य चिकित्सकका रूपमा झण्डै २५ वर्ष सेवा पु¥याउनुभएका डा मुडभरी ॐ अस्पतालका संस्थापक हुनुहुन्थ्यो । उहाँका श्रीमती, दुई छोरी र एक छोरा हुनुहुन्छ । स्व मुडभरीको आजै पशुपतिमा अन्त्येष्टि गरिएको छ ।

नेपालमा शल्य चिकित्सा शुरु र विस्तार गर्न महत्वपूर्ण योगदान दिएका उनको मृत्युले सम्पूर्ण चिकित्सा क्षेत्रमा क्षति पुगेको बताउँनुहुन्छ वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा भोला रिजाल । डा मुडभरी ओम अस्पतालका संस्थापक सदस्य समेत हुनुहुन्थ्यो।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
xpornplease pornjk porncuze porn800 porn600 tube300 tube100 watchfreepornsex