मुस्लिम धर्मलाई अंगाल्छु भन्दै बलिउड छाडेकी सनाले मौलानासंग गरिन् विबाह, शेयर गरिन् श्रीमानसंगको पहिलो तस्वीर र भिडियो



एजेन्सी । पुर्व बलिउड सना खानले विबाह गरेकी छन् । उनले गुजरातका मौलाना मुफ्ती अनस खानसंग विबाह गरेकी हुन् । सनाले अनससंगको विबाहको तस्वीरलाई सोशल मिडियामा शेयर गरेर आफुले विबाह गरेको कुरा सार्वजनिक गरेकी छन् । उनले तस्वीरसंगै विबाहको भिडियोलाई पनि शेयर गरेकी छन् । खबरका अनुसार सना र अनसले २० नोभेम्बरमा विबाह गरेका थिए ।

सनाले इंस्टाग्राममा आफ्नो श्रीमानसंग संगै भएको फोटोलाई शेयर गरेकी थिईन् । उनी उक्त फोटोमा निकै नै राम्री पनि देखिएकी थिईन् । उनले रातो रंगको गाउन लगाएकी थिईन् भने उनका श्रीमानले सेतो रंगको शेरवानी लगाएका थिए । विबाहको उक्त तस्वीरलाई शेयर गदै सनाले लेखेकी छन्,‘अल्लाहकोलागी हामीले एकअर्कासंग माया गर्यौं । अल्लाहकैलागी विबाह पनि गर्यौं । यो संसारमा अल्लाहले हामीलाई संग राख्नु भएकोहोस् र स्वर्गमा पनि हामीलाई फेरी भेटाउनु भएकोहोस् । ’

विबाहसंगै सनाले आफ्नो नाम पनि परिवर्तन गरिदिएकी छन् । उनले आफ्नो नामको अगाडी ‘सायीद’ लगाएकी छन् । वास्तवमा उनका श्रीमानको नाम ‘अनस सायीद’ हो । उनका श्रीमान मौलाना हुन् । यतिबेला सनाको विबाहको केही भिडियोहरु सोशल मिडियामा निकै नै भाइरल भईरहेका छन् ।

बलिउड र अभिनयको दुनियाँलाई अलविदा भनिसकेकी बिग बस सिक्सकी प्रतिस्पर्धी सना खान आजकाल आफ्नो विवाहका कारण चर्चामा आएकी हुन् । सना खानको यसै वर्ष उनको प्रेमी मेलविन लुईससँग ब्रेकअप भएको थियो । उनले सोसल मिडियामा मेलविनले आफूलाई धोका दिएको आरोपसमेत लगाइन् । सनाले ब्रेकअप पछि आफू भित्रैदेखि टुटेको र निद्राको औ’षधीसमेत खानुपरेको बताएकी थिइन् ।

सना खानले सन् २००५ मा ‘ये है हाई सोसाइटी’ बाट बलिउठमा कदम राखेकी थिइन् । यो एउटा लो बजेट अडल्ट फिल्म थियो । त्यसपछि उनी टिभी कमर्सियल र थुप्रै विज्ञापनमा पनि देखिइन् । बलिउड छोड्ने बेलासम्म सनाको बो’ल्ड अवतार चर्चामा रहन्थ्यो ।

 

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्
xpornplease pornjk porncuze porn800 porn600 tube300 tube100 watchfreepornsex