चितवन । ‘रवीले अष्ट्रेलिया जानकोलागी मसंग बिहे गरेका रहेछन् । यो कुरा मैले उहाँको अष्ट्रेलियाको प्रोसेस लामो चलिरहँदा समय धेरै लाग्यो सायद म अष्ट्रेलिया आउन पाउँदिन होला । जब म अष्ट्रेलिया आउनै पाउँदिन भने तँसंग बस्नुको पनि केही फाईदा छैन । मलाई डि’र्भोस दे भनेपछि मात्र थाहा पाएँ ।’ यो भनाई हो चितवनमा आजभन्दा एक वर्ष पहिले आफ्नै घरको आँगनमा देह त्याग गरेका रवी रुवालीकी श्रीमती रञ्जना रुवालीको ।
केही समय अघि मात्र रञ्जनालाई जिल्ला अदालतले फैसला सुनाएको थियोे । उनी रवीकै देह त्यागको केसमा २४ दिन हिरासतमा पनि बसेकी थिईन् । उनी रञ्जनाले पहिलो पटक घटनाको बोरमा बिस्तृत रुपमा बोलेकी छन् । घटना घटे लगत्तै रञ्ननाकै कारण छोरा रवीले देह त्याग गरेको हो भन्ने आरोपमा रवीका परिवारले बयान दिंदै आईरहेका थिए । रवीका परिवारको कुरा सुन्दा रञ्जनाले नै रवीलाई देह त्यागकालागि प्रो’त्साहन गरेको हो भन्ने सबैलाई भएको थियो ।
तर जब रञ्जनाले यो एक वर्षपछि घटनाका बारेमा मुख खोलिन् सुन्ने सबैको अचम्मित भएका छन् । रञ्जनाको भनाई अनुसार रवी र उनका परिवारले छोरालाई अष्ट्रेलिया पठाउनकोलागी आफुसंग बिहे गरिदिएको बताएकी छन् । यो कुरा रञ्जनाले एक अन्तरवार्तामा रवी र आफ्नो च्याट कन्भरसेशनलाई देखाउँदै बताएकी हुन् । रञ्जनाको भनाई अनुसार रवीले एक दुई पटक हैन जब रवीको अष्ट्रेलियाको प्रोसेसमा टाईम लाग्दै गयो तब रवीले रञ्जनासंग डि’र्भोस मागेका रहेछन् ।
रञ्जनाको यो भनाईबाट थाहा हुन आउँछ कि रवी र उनका परिवारले रञ्जनालाई केवल छोरालाई अष्ट्रेलिया पठाउनकोलागी बुहारी बनाएका रहेछन् । रञ्जना भन्छिन्,‘यो घटना हुनुभन्दा अगाडी अष्ट्रेलिया आउँन नपाउँदा उहाँले मलाई दिएको त’ना’ब र मसंग जतिबेलै पनि म अष्ट्रेलिया आउँन पाउँदिन भने मलाई डि’र्भोस दे भन्ने कुराको ट’र्चर यदि मेलै पहिला नै मिडियामा भनिदिएको भए सायद आज घटनाको अर्कै रुप हुन्थ्यो होला ।’
रुँदै रञ्जना भन्छिन्,‘जस्ले मिडियामा शुरुमा जे बोल्यो त्यही नै दर्शक र श्रोताले पत्याई दिने कुरा रहेछ । अष्ट्रेलिया जान नपाईने जस्तो कुरा हुन थालेपछि घरबार उहाँहरुकै छोराले तो’ड्न चाहि रहनु भएको थियो मसंग । यतिका वर्षसम्म त मैले पो जोडेर राखि राखेकी थिएँ । समाज र परिवारको इज्जतकोलागी । यी सबै कुरा कस्ले बुझिदिने ? घरभित्र के हुन्छ त्यो बाहीरीहरुलाई थाहा हुँदैन ।’ भिडियो
यो पनि : अमेरिकी सपना त्यागेर पशुपालनमा तनमन
सँगैका दौँतरी जापान, अमेरिका र युरोपमा छन् । उहाँलाई पनि अमेरिकाको भूत नचढेको होइन । सरकारी जागिरे बाबु । धन साथमा नभए पनि ऋण सबैले पत्याउँथे ।
बागलुङ नगरपालिका–३ का गणेश शर्मालाई पनि अमेरिकाको भूत चढ्यो र लाग्नुभयो अमेरिकाको यात्रामा तर दलालमार्फत अमेरिका हिँड्नुभएका उहाँ नत अमेरिका पुग्नुभयो नत ऋणधन गरेको पैसानै जोगियो । एक महिना लामो परिवारको सम्पर्क बाहिर बसेर रु २० लाख सक्नुभयो तर अमेरिका पुग्नुभएन ।
एक वर्षको राजाधानी बसाइलाई टुङ्गो लगाएर गाउँ फर्केका गणेशले अहिले भाडाको जग्गामा भविष्य खोज्दै हुनुहुन्छ । बागलुङ नगरपालिका–३ हाडेपाखामा उहाँका बाबु शिवप्रसाद शर्माले गर्दै आएको परम्परागत पशुपालन व्यवसाय थियो । व्यापारका लागि होइन घरमा दूधघ्युको खाँचो टार्न बाबुले पालेका गाईभैँसीको सङ्ख्या गणेशले बढाउनुभएको छ ।
अमेरिकाको सपना चकनाचुर भएपछि आफ्नै माटोमा सुन्दर भविष्य खोज्न थाल्नुभएका गणेशको कामका लागि परिवारको राम्रो साथ छ । हाडेपाखामा सात वटा भैँसी र तीन वटा दुधालु गाई भएको फार्म छ । ‘शिव शक्ति गाईभैँसी फार्म’ नाम दिइएको उनको फार्ममा बाबु शिवप्रसाद शर्मा, उहाँ आफैँ, आमा गीता र श्रीमती उषा उत्तिकै खट्नुहुन्छ । विदेश जाने धुनमा लागेको जत्तिको लगानी पनि उहाँलाई फार्मका लागि लगाउनुपरेको छैन । रु १५ लाख लगानीमा शुरु भएको उहाँको फार्मले अहिले दिनमा रु छदेखि सात हजार कमाउँछ । “लिमे जातको स्थानीय भैँसी र मुर्रा भैँसीको क्रस पालेका छौँ”, गणेश भन्नुहुन्छ, “उन्नत जातका गाई पनि सँगै छन्, राम्रो आम्दानी हुँदोरहेछ ।”
आफ्ना बाबुले पहिलेदेखि गर्दै आएको व्यवसाय सम्हाल्न सकेको भए आफू विदेशको लहडमा लाग्नु नपर्ने उहाँले बल्ल बुझेको बताउनुभयो । “बाबाले विसं २०६७ बाट नै भैँसी पाल्न थाल्नुभएको थियो, मेरो मन अमेरिकामा थियो, बाटोमा दुःख पाएपछि बल्ल चेत आयो”, शर्माले भन्नुभयो, “कृषि विकास बैंकको जागिरे जीवन सकेर भैँसी पाल्नुभएका बाबालाई सघाएको भए धेरै माथि पुगिन्थ्यो ।”
उहाँको फार्ममा अहिले दैनिक ६० देखि ७० लिटर दूध उत्पादन हुन्छ । बागलुङ बजारको छेवैमा रहेकाले दूधको लागि बजारको समस्या छैन । “साँझ–बिहान भाँडा बोकेर ग्राहक गोठमा नै आउँछन्”, उहाँले भन्नुभयो, “शुद्ध दूध खोज्ने धेरै छन् ।” मानाको मापनमा बिक्री हुने दूध प्रतिमाना रु ६० बिक्री हुने गरेको छ । गणेशले गाईभैँसीको पालनलाई थप व्यावसायिक र उत्पादनमुखी बनाउने योजना सुनाउनुभयो । “पच्चीस वटा भैँसी पुर्याउने लक्ष्य छ, रु २० लाख थप लगानी गर्ने हो”, उहाँले भन्नुभयो, “लगानीमा यसो सघाउने निकाय पाए सहज हुन्थ्यो ।”
हाडेपाखामा वार्षिक रु ५० हजार भाडामा लिइएको चार रोपनी जग्गामा उहाँको फार्म छ । गोठ बनाएर बाँकी रहेको जग्गामा परिवारले तरकारी खेतीसमेत गर्दै आएको छ । “दूधको मात्रै आम्दानी हेरेर बसेर पुग्दैन, तरकारी फलाएर मुनाफा लिनुपर्ने छ”, उहाँले भन्नुभयो । घाँसका लागि पुख्र्यौली पाखो र केही जग्गा भाडामा लिइएको छ । बर्खामा घाँस काट्नका लागि ज्यालादारीका मजदुरलाई लगाउँछन् । हिउँदमा भने लाखौँ खर्चेर परालको जोहो गर्ने गरेको उहाँले सुनाउनुभयो ।
“अब परिवारमा मात्रै होइन थप रोजगारी सिर्जना हुने गरी फार्म विस्तार गर्दैछु”, उहाँले भन्नुभयो, “उत्पादन बढेपछि मुनाफा बढ्नेमा ढुक्क छु ।” विदेशको लहडमा लागेको ऋणसमेत दूध बेचेर चुक्ता गर्ने योजना रहेको उहाँले सुनाउनुभयो ।
यो पनि : पोखरा अन्तर्राष्ट्रिय फुटबल रङ्गशालाको ८५ प्रतिशत काम सम्पन्न
पोखरामा निर्माणाधीन देशकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रियस्तरको फुटबल रङ्गशालाको हालसम्म ८५ प्रतिशत हाराहारीमा काम सकिएको छ । विसं २०७६ असार मसान्तभित्र सम्पन्न गर्ने गरी आधुनिक र सुविधा सम्पन्न रङ्गशाला निर्माणका लागि विसं २०७५ पुसमा सम्झौता भएकामा सोही वर्ष फागुनमा शिलान्यास गरिएको रङ्गशालाको काममा ढिलाइ भएको छ । सम्झौता भएको आर्थिक वर्षभित्रमा रङ्गशाला सम्पन्न गर्ने भनिएको थियो तर यसबीचमा आयोजनाको हालसम्म चार पटक म्याद थप भए पनि कामले पूर्णता पाउन सकेको छैन ।
पछिल्लो पटक यही मङ्सिर मसान्तभित्रमा काम सम्पन्न गरेर रङ्गशाला हस्तान्तरण गर्नुपर्ने भए पनि अझै थप दुई÷तीन महिना समय लाग्ने देखिएको पश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समितिका इञ्जिनीयर प्रनिश ताम्राकारले बताउनुभयो । गत वर्ष मङ्सिरमा पोखरामा सम्पन्न भएको १३ औँ सागअघिनै रङ्गशाला निर्माण गरिसक्नुपर्ने दोस्रो पटकको म्यादमा काम पूरा नभएपछि मैदान ‘कामचलाउ’ बनाएर सागको महिला फुटबल सोही रङ्गशालामा खेलाइएको थियो ।
सागपछि सोही आवमा काम सम्पन्न गर्ने गरी तेस्रो पटक म्याद थप भए पनि पूरा नभएपछि चालु आवको मङ्सिरसम्मका लागि चौथो पटक आयोजनाको म्याद थप गरिएको हो । थप अवधिमा समेत रङ्गशाला तयार नहुने निश्चित देखिएको छ । इञ्जिनीयर ताम्राकारले भिआइपी प्यारापिटको छाना छाउने, क्लडिङ (ग्राण्ड स्टाण्ड छोप्ने) र प्रि इञ्जिनीयरिङ भवन फिनिसिङ, पार्टिसन र सजावटको काम बाँकी रहेको बताउनुभयो । यससँगै सम्झौतामा उल्लेख भएबमोजिम सडकको निर्माण कार्य पनि केही बाँकी छ ।
उहाँले भन्नुभयो, “प्यारापिट, मैदान, ट्र्याकसहित हालसम्म रङ्गशालाको ८५ प्रतिशत काम सकिएको छ । छाना र भवनका सामान आयो भने अबको दुई ÷तीन महिनामा सबै काम सकिन्छ । पूरै सामान आइनसक्दासम्म भन्न सकिने अवस्था छैन ।” राष्ट्रिय खेलकूद परिषद्(राखेप) र एमए कन्स्ट्रक्सन तथा ग्रेट स्र्पोट्स इन्फ्रा(जेभी)बीच रु एक अर्ब २८ करोड लागतमा अन्तर्राष्ट्रियस्तरको फुटबल रङ्गशाला निर्माण गर्ने सम्झौता भएको थियो । सम्झौताबमोजिम हालसम्म साधारण, विशिष्ट तथा अतिविशिष्ट गरी १६ हजार ५०० दर्शक क्षमताको प्यारापिट तयारी अवस्थामा छ । मैदान तथा ट्र्याकको काम पनि सकिएको छ ।
निर्माण कम्पनीका प्रबन्धक दीपक बरालले कोरोना महामारी, विभिन्न प्रतियोगिता तथा बाहिरबाट सामान आउन ढिलाइलगायतका कारणले रङ्गशाला निर्माणको काममा ढिलाइ भएको बताउनुभयो । भिआइपी प्यारापिटको छानोका सबै सामग्री भारतबाट आउनुपर्ने भएकाले सामान नआउँदा काम रोकिएको उहाँको भनाइ छ । अघिल्लो आवमा सम्पन्न कामको समेत अझै भुक्तानी नपाएको गुनासो निर्माण कम्पनीको छ ।
“कोरोनालगायतका कारणले ढिलाइ भएको छ तर हामीले काम गरिरहेका छौँ । अघिल्लो वर्षको कामको भुक्तानी नपाए पनि सामान अर्डर गरेर भारतबाट आउन शुरु भएको छ”, बरालले भन्नुभयो, “सामान आएपछि प्राविधिकसमेत उतैबाट आउनुपर्दछ तर उनीहरु अहिलेको सङ्क्रमणको समयमा आउन चाहिरहेका छैनन्, अब हामी छिटो सम्पन्न गर्नुपर्दछ भनेर लागि परेका छौँ ।”
रङ्गशालामा सुविधासम्पन्न प्यारापिटसहित चेञ्जिङ रुम (कपडा फेर्ने कोठा), खेलाडी बक्स, कन्फरेन्स हल, मिडिया बक्सलगायतका सुविधा हुनेछन् । प्रि इञ्जिनीयरिङ भवनमा चेञ्जिङ रुमसहित कन्फरेन्स हललगायतका सुविधा रहने परियोजनाका इञ्जिनीयर पुरुषोत्तम बरालले जानकारी दिनुभयो ।
तीन हजार ५०० सिट थप हुने
निर्माणाधीन रङ्गशालाको दर्शक क्षमता तीन हजार ५०० थप गरेर २० हजार पुर्याउने भनिए पनि त्यसका लागि अहिलेसम्म सम्झौता नभएको निर्माण कम्पनीले जनाएको छ । अघिल्लो सम्झौताअनुसार १६ हजार ५०० क्षमताको प्यारापिट तयार भएको र क्षमता विस्तार गर्न सकिने अवस्था रहे पनि थप गर्नेबारेमा हालसम्म राखेपसँग लिखित कुनै सम्झौता भइनसकेको बताइन्छ ।
निर्माण कम्पनीले मौखिक आग्रहका आधारमा आफूहरुले फ्रान्समा ‘ग्राण्ड स्टाण्ड’ माग गरिसकेको जनाएको छ । “खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मा तथा राखेप सदस्य सचिव रमेशकुमार सिलवालले पटकपटक प्यारापिटको क्षमता बढाउने भन्नुभएको छ । सोही आधारमा हामीले उहाँहरुको मौखिक आग्रहमा सामान अर्डर गरिसकेका छौँ । यसका लागि थप सम्झौता हुन बाँकी छ”, निर्माण कम्पनीका प्रबन्धक बरालले भन्नुभयो ।
रङ्गशालाको पश्चिमपट्टी एक हजार तथा पूर्वमा दुई हजार ५०० सिट थप गर्ने योजना रहेको बताइएको छ । राष्ट्रिय खेलकूद परिषद्का सदस्य सम्पन्न श्रेष्ठले प्यारापिटको क्षमता बढाउन आवश्यक रहेको बताउनुभयो । यसबीचमा राखेप बोर्डको बैठक नबसेकाले त्यसबारेमा निर्णय नभए पनि आफूहरु क्षमता बढाउनुपर्दछ भनेर लागिरहेको उहाँको भनाइ छ ।
विसं २०३९ मा निर्माण गरिएको रङ्गशालाको विशिष्ट कक्ष विसं २०७२ को भूकम्पबाट क्षति पुगेपछि पोखरा रङ्गशालाभित्र अन्तर्राष्ट्रिस्तको रङ्गशाला नयाँ निर्माण थालनी गरिएको थियो ।
यो पनि : पाक्ने बेलाका सुन्तलामा औंसे किराको प्रकोप
जिल्लाका सुन्तला कृषक अहिले चिन्तित भएका छन् । सुन्तला पाक्ने समयमा सुन्तला धमाधम बोटबाट झर्न थालेपछि किसान यतिबेला निराश बन्न थालेका छन् ।
सुन्तलाबाटै वार्षिक रु छ लाख आम्दानी गर्दै आउनुभएका बागलुङ नगरपालिका–८ सिगानाका अनन्तबहादुर खड्का अहिले सुन्तला झरेपछि चिन्तित मुद्रामा हुनुहुन्छ । आठ रोपनी क्षेत्रफलमा सुन्तला खेती गर्दै आउनुभएका खड्काले अहिले बोटबाट आधा सुन्तला आंैसे किराको प्रकोपले झर्न थालिसकेको बताउनुभयो । “पाक्ने बेलाका सुन्तला भकाभक झर्न थालेको छ”, खड्काले भन्नुभयो, “बिक्री गर्नका लागि बजारको बन्दोबस्त मिलाउँदै गरेको अवस्थामा सुन्तला झरेपछि यो वर्ष आम्दानी थोरै हुने देखेको छु ।”
यसपटक सुन्तलाको आम्दानी गर्ने बेलाका सुन्तला झर्न थालेपछि बागलुङ जिल्लामै राम्रो सुन्तला पाइने सिगानाका सुन्तला टोपबहादुर खड्का, रामबहादुर खड्कालगायतका किसान मर्कामा परेका हुन् । “बोटमा भन्दा भुइँमा धेरै सुन्तला हुन थाल्यो”, रामबहादुर खड्काले भन्नुभयो, “मुख्य आम्दानीको रूपमा रहेको सुन्तला झरे पनि नगरपालिका, सुन्तला जोन र कृषि ज्ञान केन्द्रले ध्यान नदिँदा समस्या भयो ।” सुन्तला धेरै उत्पादन हुने काठेखोला गाउँपालिकाको बिहुँ, बागलुङ नगरपालिकाको भकुण्डे, तित्याङलगायतको स्थानमा समेत सुन्तला पहेँलो भएर झर्ने समस्या देखिएको काठेखोला गाउँपालिका–६ बिहुँका वडाध्यक्ष युक्तप्रसाद कँडेलले जानकारी दिनुभयो ।
आधिकारिकरूपमा किसानको गुनासो नआएको प्रधानमन्त्री आधुनिकीकरण परियोजना सुन्तला एकाइ म्याग्दीका प्रमुख सुधीर थापाले जानकारी दिनुभयो । “अहिले कर्मचारी अभाव छ, काम गर्न सकिएको छैन, त्यसैले गुनासो नआएको होला”, थापाले भन्नुभयो, “गत वर्ष केही किसानको समस्या तत्कालै समाधान गरेका हौँ, अहिले त्यस्तो गुनासो आएमा औषधि प्रदान गर्नेछौँ ।” थापाका अनुसार किसानले पनि समयमै औषधि तथा स्याहारसुसार गर्नुपर्ने र आंैसे किरा लागेमा सही व्यवस्थापन गर्नुपर्दछ ।
बागलुङ जिल्लाको बिहुँ, सिगाना, भकुण्डे, दमेकलगायतका सुन्तलाका पकेट क्षेत्रमै सुन्तला पहेँलो भएर किरा परेर झर्न थालेको छ । यस क्षेत्रमा सुन्तलासँगै जुनार, मौसम, भोगटे, निबुवा, बिमिरो, कागती, ज्यामिरलगायतका फलफूलमा यो रोगको सङ्क्रमण फैलिएको छ । पाक्ने समय नहुँदै पहेँलो हुने र झर्ने समस्याले सुन्तला खेतीमा गम्भीर समस्या आएको बागलुङ–८ सिगानाका वडाध्यक्ष राजन जिसीले जानकारी दिनुभयो । उहाँले रोग पहिचान र रोकथाममा तत्कालै सम्बन्धित निकायले कदम नचाल्ने हो भने सुन्तला किसानले ठूलो क्षति बेहोर्नुपर्ने बताउनुभयो ।
सबैभन्दा बढी सुन्तला झर्ने अवस्था बागलुङको सिगानामा आएको किसान बताउँछन् । अहिले पहेँलो भएर झरेको सुन्तला औंसे किराकै प्रकोपका कारण भएको कृषि ज्ञान केन्द्र पर्वतका सूचना अधिकारी विश्वास काफ्लेले जानकारी दिनुभयो । अहिले झरेको सुन्तलाको फल सही व्यवस्थापन गर्न नसके अर्को वर्ष झनै समस्या हुने भएकाले किसानलाई झरेको सुन्तलाको सहीरुपमा व्यवस्थापन गर्न आवश्यक रहेको काफ्लेको भनाइ छ ।