भारती पक्राउ पर्दा कपिल शर्मा शोमा खै’लाबै’ला, कपिलको टिमले गर्दै छ यस्तो चलाखी



मुम्बइ।  पक्राउ परेकी कमेडियन भारती सिंह र उनका पति हर्ष लिम्बाचियालाई पक्राउ गरेपछि द कपिल शर्मा शोमा खै’लाबै’ला म’च्चि’ए’को छ । यससँगै शोको शुटिङमा प्रत्यक्ष असर पर्नेछ । यद्यपि आगामी केही हप्तासम्म भने भारती शोमा देखिनेछिन् ।

शोसँग सम्बन्धित सूत्रको हवाला दिँदै एक भारतीय अखबारले लेखेअनुसार शोको तालिका अनुसार कपिल शर्मा, भारती सिंह र उनको पूरा टिमले २५ र २६ नोभेम्बरमा सुटिङ गर्ने तय थियो । तर, भारती पक्राउ परेपछि टिममा खै’लाबै’ला म’च्चि’एको छ । भारतीका सहकर्मी कलाकार अलम’ल्लमा परेका छन् र अब सुटिङ गर्ने कि नगर्ने निर्णय गर्न सकिरहेका छैनन् ।

सूत्रका अनुसार शोको तालिकामा अबको सुटिङ इण्डियन आइडलका केही कलाकारहरुसँग हुने तय छ । निर्माण पक्षले कुनै किसिमको नो’क्सानी उठाउन चाहेको छैन । त्यसैले उनीहरु सुटिङ रद्द गर्ने पक्षमा छैनन् । निर्माण पक्षले क्रि’एटिभ टिमलाई स्क्रिप्टमा परिवर्तन गरेर भारतीको सिन हटाउन भनेको छ । टिमले निर्देशनअनुसार काम सुरु गरिसकेको छ ।

अबका केही हप्तासम्मको लागि शोका केही एपिसोड सुटिङ गरेर राखिसकिएकोले ती एपिसोडमा भारती देखिनेछिन् । कपिल शर्मा छिटै आफ्नो वेब सिरिजको सुटिङ सुरु गर्दैछन् । यो सुटिङले उनको शोलाई कुनै नो’क्सानी नहोस् भनेर केही एपिसोड सुटिङ गरिसकिएको छ ।

टिमले अभिषेक बच्चन र अजय देवगनसँग सुटिङ गरिसकेको छ । दुवै आफ्नो आउँदो फिल्म द बिग बुलको प्रमोसनको लागि आएका थिए । बरुण धवनले पनि फिल्म कुली नम्बर १ को प्रमोसनको लागि कपिलको टिमसँग सुटिङ गरिसकेका छन् । नवाजुद्दिन सिद्दीकीसँग पनि एउटा एपिसोड सुटिङ भैसकेको छ । यी सबै एपिसोडमा भारती पनि छिन् ।

यद्यपि आज भारती सिंह र उनका श्रीमान् हर्ष लिंबाचिया धरौटीमा छुटेका छन्। मुम्बईको एक अदालतले उनीहरूलाई जनही १५ हजार धराैटीमा रिहा गर्न आदेश गरेकाे हाे। भारती र हर्षलाई मुम्बईको किला कोर्टले ड्र ‘ग्स केसमा न्यायिक हिरासतमा राख्ने आदेश गरेको थियो। भारती र हर्षले त्यसविरुद्ध मुम्बईको एक/एक अदालतमा आफ्नो धरौटीका लागि निवेदन दिएका थिए।

यो पनि : गोविन्दको नाममा काश्मिराले लेखिन् यस्तो सन्देश: मामा-भान्जा बीचको विवाद झन बढ्यो

प्रख्यात हास्य अभिनेता कृष्ण अभिषेक र अभिनेता गोविन्दको बीचको विवाद थप उत्कर्षमा पुगेको छ । मामा गोविन्दको बारेमा कृष्णले बारम्बार भनाई सार्वजनिक गरेपछि गोबिन्दले पनि त्यसको जवाफ दिएका थिए । गोविन्दले कृष्णको जुम्ल्याहा बच्चा विरामी हुँदा अस्पतालमा भेट्न नगएको भन्दै दिएको वयानमा आपत्ती जनाएका थिए ।

कृष्णको छोराछोरीलाई अस्पतालमा भेट्न जाँदा उनको श्रीमतिले भेट्न नदिएको भन्दै गोविन्दाले भनेपछि फेरी कृष्णको श्रीमतिले लामो स्टाटस लेखेकी छन् । कृष्णको श्रीमति कश्मिरा शाहले आफ्ना जुम्ल्याहा सन्तानको तस्बिर राख्दै गोबिन्दको लागि लामो सन्देश लेखेकी छन् ।

कश्मीरी शाहले आफ्नो पोष्टमा लेखेका छन् म मेरा सन्तानलाई अप्ठेरो अवस्थामा देख्न सक्दिन । ठूला ब्यक्तिहरुले आफ्नो स्वार्थका लागि साना छोराछोरीको प्रयोग गरिरहेको मलाई मन पर्दैन । म त्यसो गर्न अनुमति दिन्न । कश्मिरा लेख्छिन्, ‘जीवन एक निर्देशन गाईडको साथ आउँदैन, तर यो आमाको साथ आउँदछ र तिमीहरुलाई सुरक्षा गर्नु मेरो काम र मेरो प्राथमिकता हो।’

‘एक आमाको रूपमा यो मेरो कर्तव्य हो कि तिमीहरुलाई कुनै कष्ट नहोस् । एक आमाको रूपमा, तिमीहरुलाई दुखेको देख्दा मेरो मन दुख्छ । म तिमीहरुलाई अरुले दिने दुखवाट टाढा राख्न चाहन्छु । कश्मिराले अगाडि लेखिन्, ‘आमाको रूपमा, म तिमीहरुलाई वचन दिन्छु कि तिमीहरुलाई कसैको व्यक्तिगत स्वार्थको लागि प्रयोग गर्न दिने छैन।

जबसम्म म जीवित छु वा यो संसारमा रहने छैन त्यतीबेला पनि तिमीहरुको रक्षा गर्नेछु । जब तिमीहरु ठूलो हुनेछौ । तिमीहरुले बुझ्ने छौ की कोही ठूलो ब्यक्तिले तिमीहरुलाई आफ्नो स्वार्थको लागि कसरी प्रयोग गर्न खोजीरहेका थिए । तिमीहरुको आमा काश्मिरा शाह शर्मा।

गोविन्द र कृष्ण बीचको विवाद द कपिल शर्मा शो वाट सुरु भएको थियो । गोबिन्द कार्यक्रममा उपस्थित भएको बेलामा कृष्ण देखा परेनन् । कृष्ण सो कार्यक्रमको एक कलाकार थिए । उनलाई गोविन्दा आएको बेलामा किन कार्यक्रममा नगएको भनेर गरिएको प्रश्नमा उनले मामासंगको विग्रिएको सम्बन्धका बारेमा सार्वजनिक गरिदिएका थिए । कृष्ण अभिषेकले भनेका थिए कि उनका जुम्ल्याहा रायन र कृष्णको जन्म हुँदा उनका मामा गोविन्द उनलाई भेट्न आएनन्।

fake rolex datejust usa inside the assemblage and also blend method, each associated link is good.

high quality fake rolex for sale.

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्