गायक कुमार सानूमाथि छोराले पोखे रिस्,‘मेरो परवरिशमा नबोल्दा नै उहाँलाई राम्रो हुन्छ’



एजेन्सी । गायक कुमार सानूका छोरा जान कुमार सानू ‘बिगबोस १४’ का सहभागी थिए । उनी बिगबोसको घरबाट बाहीरिए लगत्तै आफ्ना बुवामाथि भ’ड्किएका छन् । उनी बिगबोशको घरभित्र हुँदा बुवा कुमार सानूले उनका बारेमा बोलेका कुराहरुमाथि नै छोरा जानले आ’पत्ति जनाएका छन् ।

कुमार सानूका छोरा जानले आफ्नो बावुले आफ्नो बारेमा बोल्ने अधिकार धेरै पहिला नै गुमाईसकेको बताउँदै आफ्नो बारेमा नबाल्न भनेका छन् । त्यसमाथि पनि आमाले दिएको परवरिशमाथि त बिल्कुलै नबोल्न उनले अनुरोध गरेका छन् । जानले भनेका छन्,‘उहाँलाई मेरो परवरिशमा बोल्ने कुनै अधिकार छैन । यो मेरोलागी निकै नै अफसोसजनक हो ।’ कुमार सानूले केही दिन अघि मात्रै भनेका थिए कि उनकी श्रीमती रीताले उनका छोरा जानको पालनपोषण सही तरिकाले गरिनन् । पिताको सोही भनाईलाई जानले प्रतिकृया दिंदै त्यसो भनेका छन् ।

भारती मिडिया दैनिक भास्करसंव कुराकानी गर्दै जानले भनेका छन्,‘कसैलाई पनि मेरो परवरिशको बारेमा बोल्ने अधिकार छैन । मेरोलागी यो निकै नै अफसोसको कुरा हो कि मेरै बावुले मेरो बारेमा यस्तो कुरा गरिरहेका छन् । म मान्दछु कि मबाट अन्जानमा गल्ति भएको थियो । मैले जानाजान मराठी भाषाको विरुद्धमा बोलेको थिएन । मैले त्यो कुरामा माफि मागि सकें । तर उहाँलाई कुनै अधिकार थिएन कि मेरो त्यो विषयको आडमा मलाई मेरी आमाले दिएको परवरिशको बारेमा बोलेर सोशल मिडियामा भिडियो अपलोड गर्ने ।’

जानले कुराकानी क्रममा अगाडी भने,‘उहाँको त्यो हरकतले मलाई दुखि बनाएको छ । कोही पनि बाबुले आफ्नो छोराको विरुद्धमा यस्तो कुरा बोल्दैन जुन कुराले छोराको बे’ईज’तहोस् । तर उहाँले यस्तो गरिदिनु भयो । जे भएपनि र उहाँ जस्तो भएपनि उहाँ मेरो बाबु हो । त्यसैले म उहाँको विरुद्धमा केही भन्न सक्दिन । र यो मलाई मेरी आमाले दिएको परवरिश हो ।’

fake rolex datejust usa inside the assemblage and also blend method, each associated link is good.

high quality fake rolex for sale.

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्