चिनियाँ रक्षामन्त्री नेपाल आउने भएपछि राजदूत यान्छीले भेटीन् प्रचण्डलाई



काठमाडौ । चिनियाँ रक्षामन्त्री वेई फेङहे नेपाल आउने भएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले भेटेकी छन् । राष्ट्रपति सी चिनफिङको सन्देश लिएर आइतबार विशेष जहाजबाट रक्षामन्त्री काठमाडौंमा उत्रिनेछन्। रक्षामन्त्री वेईको भ्रमणलाई लिएर चिनियाँ राजदूत यान्छीले सोमबार प्रचण्ड निवास खुमलटार पुगेर भेटेकी हुन् ।

भेटमा दुई देशबीचको सम्बन्ध र दुई देशका कम्युनिष्ट पार्टीबीचको सम्बन्धको विषयमा कुराकानी भएको छ । भेटका क्रममा राजदूत यान्छीले चीनका राष्ट्रपति सि जिनपिनले लेखेको पछिल्लो पुस्तक उपहार दिएकी थिइन् ।

नेकपाभित्र विवाद बढिरहेकै बेला यसअघि पनि राजदूत यान्छीले प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई बालुवाटारमा भेटेकी थिइन्। उनले प्रधानमन्त्रीसँगको भेटमा पार्टी मिलाउने मुख्य जिम्मेवारी ओलीसँगै रहेकाले पार्टी एकताको पहल लिन आग्रह गरेकी थिइन्।

fake rolex datejust usa inside the assemblage and also blend method, each associated link is good.

high quality fake rolex for sale.

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्