एजेन्सी । द ग्रेट अण्डरटेकरको नामले बिश्वमा चिनिएका एक खेलाडीले विदा लिएका छन् । उलनाई रे स लि ङ लेजेन्ड पनि भनिन्छ । उनको वास्तविक नाम भने मार्क विलियम कालावे हो । उनी अहिले ५५ बर्षका भएका छन् ।
युनिभर्सल बोस ‘द अन्डरटेकर’ ले डब्ल्यूडब्ल्यूई युनिभर्सलाई अलविदा भनेका हुन् । उनले सर्भाइभर सिरिजको क्रममा खेल जिवनबाट बिदा लिएका हुन् ।
५५ वर्षका अन्डरटेकरले आइतबार आफ्नो क्यारेक्टर अनुरुपको भावभंगीमा र कस्ट्युमसहित अन्तिम पटक रिङमा कदम राखे । उद्घोषकले रिङमा आएर अन्डरटेकरको बिदाईको घोषणा गरे ।
त्यसपछि अन्डरटेकर रिङमा शानदार तरिकाले प्रवेश गरे । उनले आफ्नो करियरबारे कुरा गरे । साथै, आफ्नो समय आइसकेको पनि बताए ।
प्रशंसकले ‘धन्यवाद टेकर’ भन्दै उनलाई विदाई दिए । उनको जन्म सन् १९६५ मार्च २४ तारिखमा ह्यूस्टनमा भएको थियो । उनले सन् १९९० नोभेम्बर २२ मा सर्वाइभर सिरिजबाट नै डब्ल्यूडब्ल्यूई डेब्यू गरेका थिए ।