क्याप्टेन रेनुका र अभिषेकको सात वर्षे प्रेमलाई विवाहमा परिणत गरेपछि पहिलो पटक सार्वजनिक, यसरी सुनाए प्रेम कहानी (भिडियो हेर्नुस्)



काठमाडौ । राष्ट्रिय महिला फुटबल टोलीकी क्याप्टेन रेनुका नगरकोटेले आफ्नो ७ वर्षको प्रेम सम्बन्धलाई गत मंसिर १६ गते विवाहमा परिणत गरिन् । उनीहरुको प्रेमका बारेमा सार्वजनिक भएको थियो । कोरोना कहरकाबीच उनले सामान्य तरिकाले विवाह गरेकी हुन् । रौतहट चपुरकी रेनुका र जनकपुर शिवबानीका अभिषेक लामाले ७ वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन्।

क्याप्टेन रेनुका नगरकोटे र अभिषेक लामालाई फुटबलले नै नजिक बनाएको हो। विभागीय टोली एपीएफमा आबद्ध हुने सपना देखेका अभिषेकले रेनुकासँग पनि यस्तै योजनाबारे कुराकानी हुने गरेको स्मरण गर्छन्।

अभिषेकले सामाजिक सञ्जाल फेसबुकमा साथी बन्न रेनुकालाई ‘फ्रेण्ड रिक्वेस्ट’ पठाएपछि दुई जनाबीच कुराकानी सुरु भएको थियो। सुरुवातमा सामान्य कुराकानी हुँदैगर्दा विस्तारै एकअर्कासँग नजिकिँदै गएको र आत्मीय सम्बन्ध बनेको रेनुकाले सम्झिईन्। नेपाल खबर अनलाईनले भिडियो सहित प्रस्तुत गरेको सामग्री हामीले साभार गरेका हौं ।

 

fake rolex datejust usa inside the assemblage and also blend method, each associated link is good.

high quality fake rolex for sale.

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्