साउदीका राजकुमार सलमानले लगाए कोरोनाविरूद्धको पहिलो खोप



एजेन्सी । कोरोना विरुद्धको पहिलो खोप साउदी अरबका राजकुमार मुहम्मद बिन सलमानले लगाएका छन् । फाइजर र बायोएनटेक कम्पनीले निर्माण गरेको कोरोनाविरूद्धको खोप सुरु भएसँगै साउदीमा खोप लगाउने उनी पहिलो व्यक्ति हुन् ।

राजकुमार सलमानसँगै त्यहाँका संस्कृति मन्त्री बद्र बिन फरहान, गृहमन्त्री अब्दुलाजीज बिन सउद बिन नायफ र सामान्य मनोरन्जन प्राधिकरण टर्की अल(शेखले पनि कोरोनाविरूद्धको खोप लगाएको साउदी प्रेस एजेन्सी जनाएको छ ।

नागरिकहरुलाई कोरोनाविरूद्धको खोप उपलब्ध गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्न, निरन्तर अनुगमन र सहायोग गरेकोमा राजकुमार सलमानलाई स्वास्थ्य मन्त्री डा। अल(रबियाहले धन्यवाद व्यक्त गरेका छन् ।

यो साउदीका सबै स्वास्थ्य केन्द्रहरूमा उपलब्ध गराइने र यहाँ नागरिक तथा नेपालीसहित अन्य आप्रबासी कामदारहरुलाई पनि यो खोप निस् शुल्क रुपमा प्रधान गरिनेछ।

यो समाचार तयार पार्दासम्म साउदीमा कोरोना सङ्क्रमितको सङ्ख्या ३ लाख ६२ हजार ६६ पुगेको छ । उपचारपछि निको हुनेको सङ्ख्या ३ लाख ५३ हजार ४ जना पुगेको छ भने सङ्क्रमितबाट मृत्यु हुनेको सङ्ख्या ६ हजार १७६ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

fake rolex datejust usa inside the assemblage and also blend method, each associated link is good.

high quality fake rolex for sale.

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्