गायक प्रमोद खरेलको उजुरी पछि लिना शर्मा पक्राउ



काठमाडौ । गायक प्रमोद खरेल लगायतले उजुरी दिएपछि विन्ध्यावासिनी म्युजिक प्रालीकी अध्यक्ष लिना शर्मालाई प्रहरीले पक्राउ गरेको छ । उनलाई प्रतिलिपि अधिकार उल्लंघनको आरोप लगाउँदै परेको उजुरी पछि प्रहरीले सोमवार पक्राउ गरेको हो । लिनालाई काठमाडौँको धुम्बाराहीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता डीएसपी प्रमेश विष्टले अध्यक्ष लिनाविरुद्ध जाहेरी परेपछि अदालतको अनुमति लिएर उनलाई पक्राउ गरिएको जानकारी दिए।

आइतबार गायक प्रमोद खरेल लगायतका कलाकारहरु उजुरी दिन पुगेका थिए । लिनालाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

‘उहाँ (लिना) विरुद्ध परिसरमा उजुरी परेको थियो, सोही उजुरीका आधारमा पक्राउ गरिएको हो’, महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता डीएसपी प्रमेश विष्टले भने, ‘अहिले हिरासतमा राखेर अनुसन्धान भइरहेको छ।’

प्रतिलिपी कानुनअनुसार आफूले गीतको स्वामित्व र रोयल्टी नपाएको भन्दै गायक प्रमोद खरेलले उजुरी दिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ । पछिल्लो समय यो विषयमा चर्कै विवाद भएको छ ।

fake rolex datejust usa inside the assemblage and also blend method, each associated link is good.

high quality fake rolex for sale.

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्