रिहनको मुद्दामा उच्च अदालतले बोलायो मेडिकल काउन्सिल र ग्रान्डी अस्पताललाई



काठमाडौ । अस्पतालको लापरवाहीका कारण आफ्नो भर्खर जन्मिएको छोराले भोगेको पीडा आमाबुवाका लागि पक्कै पनि निकै कठिन हुन्छ । रिहनका बुवा आमाले त्यो पीडा भोगी रहेका छन् । अस्पतालमा शल्यक्रिया मार्फत यो धर्तीमा आएका रिहनलाई के भएको हो भन्ने १० महिना सम्म थाहा नदिने ग्राण्डी अस्पताल विरुद्ध उनका बुवा सञ्जीव न्यौपाने र आमा एकता घिमिरेले अदालतमा दिएको मुद्दाका विषयमा प्रत्यर्थी झिकाउन आदेश दिएको छ । छोरा रिहनको महिनौं उपचारमा लार्खौ रुपैया खर्च गरे तर त्यसबीचमा भोग्नुपरेको मानसिक पीडा त आफ्नो ठाउँमा छ । तर अहिले लापरवाही गर्ने अस्पताललाई कुनै कारवाही भएको छैन । केही एक वर्ष अघि रिहनको बारेमा मिडियामा समाचार सार्वजनिक भएको थियो ।

ग्राण्डी अस्पतालमा पटक पटक टाउकाको शल्यकृया गरिएका रिहनको स्वास्थ्यमा सुधार आएन । अस्पतालमा १० महिना सम्म उपचार गर्दा सम्म उनीहरुलाई छोरालाई के भएको हो भन्ने थाहा दिइएन । रिहनका बुवा आमाले अस्पताल वाहिरवाटै उनका स्वास्थ्य समस्याका बारेमा जानकारी पाएपछि सोधी खोजी गरेका थिए । ५ पटक शल्यकृया गरियो तर पनि उनी निको भएनन् । यस्तो लापरवाही गर्ने ग्रान्डी इन्टरनेसनल अस्पताललाई कुनै कारबाही नगरेको भन्दै मेडिकल काउन्सिल विरूद्ध सञ्जीव न्यौपाने र एकता घिमिरेले अदालतको ढोका ढकढक्याएका हुन् ।

मुद्दामा उच्च अदालत पाटनले त्यो मुद्दामा प्रत्यर्थी झिकाउने आदेश गरेको छ। चैतमा दिएको पुनरावलोकन मुद्दाको सुनुवाइ गर्दै उच्च अदालत पाटनका न्यायाधीश बबिता उप्रेती र जगतबहादुर थापाको इजलासले काउन्सिल र ग्रान्डी अस्पताललाई झिकाउने आदेश गरेको हो।

सञ्जीव र एकताले काउन्सिल, ग्राण्डी अस्पताल, अस्पतालका निर्देशक चक्रराज पाण्डे, उपचारमा संलग्न न्यूरो सर्जन अमित थापा, रूपेन्द्रबहादुर अधिकारी, अर्थोपेडिक्स विनोद बिजुक्छेसमेत ११ जनालाई हदैसम्मको कारबाही माग गर्दै चैतमा उच्च अदालत पाटनमा गएका थिए।

२०७५ असार १२ गते शल्यक्रियावाट रिहान जन्मिएका थिए । अस्पतालको भेन्टिलेटरमा राख्दा उनलाई संक्रमण भएको थियो । झन्डै १० महिना अस्पतालमा बिताएका सञ्जीव र एकताले अर्को वर्ष वैशाखमा मात्रै अस्पतालबाहिरबाट आफ्नो छोरा रिहन निको हुन नसक्ने थाहा पाएका थिए। त्यसपछि सञ्जीवले आफूलाई अस्पताल र डाक्टरहरूबाट अन्याय भएको भन्दै मेडिकल काउन्सिलमा ग्राण्डी अस्पताल, प्रशासन र डाक्टरविरूद्ध उजुरी हालेका थिए।

उनीहरुले १० महिना सम्म आफुहरुले भोगेको आर्थिक क्षती, छोराले भोग्नु परेको समस्याका कारण उसको जीवनमा परेको असरको मुल्याकंन गरी २ करोड ५० लाख क्षतीपुर्ती मागदावी सहित अदालतमा मुद्दा दिएका छन् । लापरबाहीपूर्वक कार्य गरेकाले उसलाई आजको अवस्थामा पुर्‍याउने विपक्षी अस्पताल तथा चिकित्सकहरुले निजको हेरचाहमा लाग्ने सम्पूर्ण खर्च व्यहोर्ने गरि आदेश गरि पाऊँ। अदालतमा पेश गरिएको निवेदनमा भनिएको छ ।

fake rolex datejust usa inside the assemblage and also blend method, each associated link is good.

high quality fake rolex for sale.

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्