कञ्चनपुर घर भएकी एक नर्सले अनौठो कदम उठाएकी छिन् । उनले आफ्नो जीवन आफैं समाप्त पार्ने निर्णय गरिन् जसले उनको परिवार र सहकर्मीलाई स्तब्ध पारेको छ ।
२४ बर्षकी लक्ष्मी जोशीको स्थायी घर कञ्चनपुर भएपनि उनी चितवन भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्या न्स र अस्पतालमा कार्यरत थिइन् । उनी कृष्णनगर–५ स्थित आफ्नै डेरामा देह त्याग गरेको अवस्थामा फेला परेकी हुन् ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। अस्पतालकी नर्सिङ इन्चार्ज कविता पन्थीका अनुसार नर्स जोशी २ दिनअघिसम्म ड्युटीमा गएकी थिइन् ।
नर्स जोशी विगत डेढ वर्षदेखि अंकोलोजी युनिटमा कार्यरत थिइन् । उनको घर कञ्चनपुरको भीमदत्त नगरपालिकास्थित भगतपुर हो । अस्पतालले नर्स जोशीको निधनप्रति दुःख व्यक्त गरेको छ ।
यो पनि : कोरोनाबाट संक्रमित गर्भवती नर्सको मृत्यु, सकुशल जन्मियो बच्चा
कोरोना भाइरसका कारण ज्यान गुमाएकी नर्सबाट सकुशल बच्चा जन्मिएको छ। बिबिसीमा प्रकाशित समाचारका अनुसार मेरी एगुवा एग्योपोङ नाम गरेकी २८ वर्षिया नर्सको मृत्यु भएपछि उनीबाट जन्मिएका शिशु ‘एकदमै राम्रो अवस्थामा रहेको’ अस्पतालकी प्रवक्ताले बताएकी छन्। उनले थप जानकारी भने दिन चाहिनन्।
मेरी लुटन एण्ड डनस्टेबल युनिभर्सिटी हस्पिटलमा पाँच वर्षदेखि कार्यरत थिइन्। कोरोनाको संक्रमण भएको दुई दिनपछि अप्रिल ७ मा उनलाई अस्पताल भर्ना गरिएको थियो।
मेरीका पतिलाई पनि कोरोनाको संक्रमण रहेको छ र हाल उनी आइसोलेसनमा बसिरहेको बिबिसीले जनाएको छ। नर्सको मृत्यु भएपछि उनको परिवारको सहयोगका लागि मेरीका साथीहरूले सहयोग रकमका लागि आव्हान गरेका छन्।