घरको गाह्रो लगाउने क्रममा पाँचतला माथिबाट खसेर एक मजदुरको गयो ज्यान



काठमाडौ । घर बनाउने क्रममा पाँच तला माथिवाट खसेर एक मजदुरको मृत्यु भएको छ । भक्तपुरमा पाँचतले घरबाट खसेर उनको मृत्यु भएको हो । भक्तपुर नगरपालिका २ कालोपाटीस्थित सुनिल थिमीको ५ तले घर बनाउने क्रममा उक्त तलाबाट खस्दा महोत्तरीको बर्दिबासका ३५ वर्षीय डम्बर मगरको मृत्यु भएको हो ।

पाँचतला माथि बसेर घरको गाह्रो लगाउने क्रममा अचानक खस्दा मगरको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी दीपक गिरीले बताएका छन् । सूर्यविनायक नगरपालिका ५ कटुन्जे बस्दै आएका मगरको उपचारको क्रममा डा. इवामुरा अस्पताल भक्तपुरमा मृत्यु भएको हो प्रहरीले जनाएका छ । प्रहरीका अनुसार घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ ।

fake rolex datejust usa inside the assemblage and also blend method, each associated link is good.

high quality fake rolex for sale.

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्