फेसबुकमा ‘जव भ्याकेन्सी’ देखेर जाँदा….



काठमाडौ । सामाजिक सञ्जाल प्रयोग उपलब्धीपुर्ण काम गर्न सकिन्छ । तर सामाजिक सञ्जाल मार्फत गैर कानुनी काम पनि हुने गरेका छन् । फेसवुकमा देखेको जब भ्याकेन्सीका कारण वेरोजगार युवायुवती ठगीएको समाचार बाहिर आएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा ‘जव भ्याकेन्सी’को पेज बनाई बेरोजगार युवाहरुलाई आकर्षित गरी आकर्षक तलब, सुविधा दिने झुठो आश्वासन दिलाई ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन्।

सोही पेजवाट केही युवा युवती ठगीएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा दोलखाको जिरी नगरपालिका–८ घर भई हाल काठमाडौंको काडाँघारी बस्ने २३ वर्षीय शिब खड्का रहेका छन्।

खड्काले रोजगारीका लागि सुरुमा एक हजार पाँच सयदेखि तीन हजार पाँच सयसम्म इसेवामार्फत डिपोजिट गर्नुपर्छ भनी ४३ जना युवाहरुबाट रकम ठगी गरेको प्रहरीले जनाएको छ।

ठगी गरेर फरार रहेका खड्कालाई महानगरीय अपराध महाशाखाको टोलिले पक्राउ गरी आवश्यक कारवाहीको लागी महानगरीय प्रहरी परिसर ललितपुर पठाएको छ।

fake rolex datejust usa inside the assemblage and also blend method, each associated link is good.

high quality fake rolex for sale.

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्