काठमाडौ । हुम्लाको सिमकोट गाउँपालिका(७ डाँडाफयामा दुई पक्षबीच लफडा हुँदा गर्भवती महिला घाइते भएकी छन्। दोस्रो विवाह गरेकी ती महिलाका पूर्वश्रीमानले उनीमाथि हात पात गरेका हुन्।
पूर्वश्रीमान् धनराज शाहीले महिलामाथि हात पात गरेका हुन्। धनराजलाई छाडेर उमेशसँग विवाह गरेर केही समय अगाडि मिलापत्र गरेको भए पनि शनिबार पुनः दुई पक्षबीच लफडा भएको हो।
११ लाख रुपैयाँ तिरेर मिलापत्र भएको भए पनि दोस्रो श्रीमान् उमेशले आफूले पैसा तिरेको भर्पाइसहितको कागजात माग्न खोज्दा पहिलाका श्रीमान् धनराजले गर्भवती महिलालाई हात पात गर्दा निधार र कानमा चोट लागेको छ।
पैसा लिएको भर्पाइ माग्दा पहिलाका श्रीमान् पक्षकाले मिलेर हात पात गरेको बताइएको छ। ती महिलाको पेटमा पाँच महिनाको गर्भ रहेको र अहिले बोल्न नसक्ने भएका कारण उचारका लागि सिमकोट ल्याइएको छ। कानमा लगाएको सुनको एक कानको रिङसमेत हराएको बताइएको छ।
संविधानमै गाउँपालिकाले हिंसापीडितको सुरक्षाका लागि आश्रय केन्द्र निर्माण तथा व्यवस्थापन गर्नुपर्ने उल्लेख भए पनि हुम्लाका सात स्थानीय तहले अहिलेसम्म सिन्कोसमेत भाँच्न सकेका छैनन्।
यस्तै जिल्लाका सात गाउँपालिकामा रहेका ४४ वडाका स्थानीय सरकार तथा जनप्रतिनिधि हिं सा पिडीत महिलाको व्यवस्थापनका लागि बेखबरजस्तै बनेका छन् । फाइल तस्बिर