फेरी नेपाली संगीतमा ठुलो बज्रपात, गायक केसीको निधन



लोकपृय गायक धुव्र केसीको निधन भएको छ । ललितपुरको भैँसेपाटीमा रहेको अर्किड केयर सेन्टरमा विहीबार बेलुका ५ बजेतिर केसीको निधन भएको हो । उनी लामो समयदेखि पार्किन्सन रोगबाट पिडीत थिए ।

केसीले गाएका ‘मायालु हजार हुन्छन्’, ‘अरु कालो रेलको धुँवाले’, ‘नरोउ नरोउ साइली’, ‘नचिनेको जस्तै तिमीले गर्न सकेको कसरी?’, बगी जाने खोला’  बगी जाने खोला यो निष्ठुरीको मायालाई, मायालु हजार हुन्छन्, तिम्रो माया कागजको रंगीचंगी फूलजस्तो, नरोउ नरोउ साइँलीजस्ता सदाबहार गीत गाएका छन्।

२००२ सालमा जन्मिएका केसीका तीन छोरी छन्। केसीको आजै पशुपती आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक श्रोतले जनाएको छ । संगितकार गोपाल योञ्जन, नारायण गोपाल, तारा देवीजस्ता व्यक्तित्वसँग सहकार्य गरेका केसीको निधन भएको हो। लामो समयदेखि पर्किन्सन, पक्षघातजस्ता रोगले ग्रस्त उनी अहिले भने मृत्यु अवस्थामा पुगेको उनका भन्जा प्रविन निरौलाले जानकारी दिए।

 

fake rolex datejust usa inside the assemblage and also blend method, each associated link is good.

high quality fake rolex for sale.

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्