प्रचण्ड माधवको लभ स्टोरी टिक्दैनः प्रधानमन्त्री ओली



काठमाडौ । प्रधानमन्त्री केपी ओलीले पुष्पकमल दाहाल ुप्रचण्डु र माधव नेपाल समूहले विभिन्न किसिमका हाउभाउ देखाएर सिनेमा देखाइरहेको टिप्पणी गरेका छन् । आफ्नो समूहको प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । उनले प्रचण्ड र माधव समूहले अनेक हाउभाउ देखाएर जनतालाई झुक्याइरहेको समेत आरोप लगाए। प्रचण्ड( नेपालको सम्बन्धलाई हिन्दी सिनेमासँगै तुलना गर्दै ओलीले यो सबै तमासा मात्र भएको जिकिर गरे ।

‘सिनेमा भनेको हिरो हुन्छ, हिरोइन हुन्छ । लभ परेको हुन्छ धुमधामसँग । हिरोइनी घाइते हुन्छ। हिरो ब्याकुल हुन्छ । दुःखी हुन्छ । रुन्छ । वास्तवमा केही पनि होइन। न तिनीहरुको लभ पर्‍या हो। घाइते पनि होइन। पीर परेको पनि होइन,ु उनले भने,ु यो सबै तमासा हो। त्यही मानिसहरु सिनेमा देखाउन आउँछन् । जनतालाई झुक्याउँछन्। हामीले त्यस्ता तत्तवहरुबाट सजक हुनुपर्छ।ु

उनले लोकतान्त्रिक बाटोलाई सही बाटोमा लैजानका निम्ति आफूले राजनीतिक लडाइरहेका गरिरहेको बताए। सभ्य समाजमा मात्र मानिस सुखी हुनेभन्दै प्रधानमन्त्री ओलीले त्यसका लागि जैविकी र मानवीय न्यायोचित आवश्यकताहरुको परिपूरित हुनुपर्नेमा जोड दिए । ुनेपाल समृद्धि हुनुपर्छ र नेपाली सुखी हुनुपर्छ। समृद्धिले मात्र सुख हुँदैन। त्यसका लागि जैविकी र मानवीय न्यायोचित आवश्यकताहरुको परिपूरित हुनुपर्छ। सामाजिक न्याय र समानता हुनुपर्छ। भयहरित वातावरण हुनुपर्छ। कसैबाट अपमानित नहुने अनुभूति सबैमा हुनुपर्छ।ु

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले आफूहरू रातो झण्डा बोक्नेहरु भएको बताएका छन् । ‘हामी रातो झण्डा फहराउने हौं, पेरिसडाडाँमा जस्तो कालो झण्डा बोक्ने होइनौं । रातो बेलुन उडाउने हौं, कालो बेलुन उडाउने होइनौं । सडकमा रातो झण्डा बोक्ने हौं, कालो झण्डा बोक्ने होइनौं’, ओलीले भने । संसद विघटनविरुद्ध नेकपाको प्रचण्ड–नेपाल पक्षको राष्ट्रिय युवा संघ नेपालले बिहीबार काठमाडौँमा कालो बेलुन उडाएर विरोध जनाएपछि प्रधानमन्त्री ओलीले यस्तो अभिव्यक्ति दिएका हुन् ।

fake rolex datejust usa inside the assemblage and also blend method, each associated link is good.

high quality fake rolex for sale.

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्