काठमाडौ । संसद विघटनका विरुद्ध परेको रिटमा अहिले सर्वोच्च अदालतमा वहस भइरहेको छ । पक्ष र विक्षमा वकिलहरुले वहस गरिरहेका छन् । सर्वोच्चमा वहसका लागि करिब ३ सय वकिलहरु लाइनमा छन् । शुक्रवारको वहसमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले अभिवक्ताहरुलाई समयमा बारेमा सचेत गराएका थिए ।
तर अधिवक्ताको जवाफले रुष्ट भएका प्रधानन्यायाधीस जबराले अधिवक्ताहरुलाई दुई महिना बहस गरे पनि समय दिने बताइदिए । शुक्रबार बहसका लागि इजालसमा पुगेका अधिवक्ता कपिल प्रसाद अधिकारीलाई प्रधानन्यायाधीशले १० मिनेटभित्रमा आफ्नो कुरा सक्न भने ।
तर, अधिकारीले १० मिनेटमा आफ्ना कुरा नसकिने जवाफ फर्काए । त्यस पछि रुष्ट भएका प्रधानन्यायाधीशले भने, ‘दुई महिना बहस गरे पनि समय दिउँला तर तपाईंहरुले यसमा सोच्नु पर्ने कुरा हो।’ प्रधानन्यायाधीश जबराले बहस लम्बिँदा पर्न सक्ने असरका बारेमा अधिवक्ताहरुको ध्यानाकर्षण गराएका हुन्।
‘चानचुन ३ सय जति अधिवक्ताहरु हुनुहुन्छ, अब आफैं भन्नुहोस् के हुन्छ ? हामीले मात्रै हत्तार गरेर हुँदैन’, प्रधानन्यायाधीश जबराले भने। प्रधानन्यायाधीशले ध्यानाकर्षण गराएपछि अधिवक्ता अधिकारीले ५ मिनेटमै आफ्नो बहस सकेका थिए।
आइतबारबाट संविधान विघटनविरुद्ध परेका रिटमाथि बहस सुरु भएको हो। शुक्रबार नै वरिष्ठ अधिवक्ता नरहरि आचार्यले बहस गरेका थिए। अहिले जनक साउदले बहस गरिरहेका छन्।