प्रचण्ड-नेपाल भन्छन्, ‘आज कास्टिङ्ग देखायौं, पुरै फिल्म देखाउन बाँकी छ’



काठमाडौ । संसद विघटनका विरुद्ध काठमाडौमा शुक्रवार नेकपाको प्रचण्ड नेपाल समुहले शक्ति प्रर्दशन गरेको छ । विहानै देखि काठमाडौको सडक अस्तब्यस्त बनेको थियो । ठूलो समुह सडकमा उतारेका सो समूहका अध्यक्ष माधवकुमार नेपालले आज काठमाडौंमा भएको शक्ति प्रदर्शन कास्टिङ मात्र भएको प्रतिकृया दिएका छन् ।

उनले शुक्रवारको प्रदर्शनले जनआन्दोलनको झल्को आएको पनि दावी गरे । उनीहरुले काठमाडौमा दुई लाख जनता उतार्ने उद्घोष यस अघि नै गरेका थिए । प्रचण्ड नेपाल समूहले काठमाडौंमा गरेको सभालाई सम्बोधन गर्दै नेपालले आफूहरुको आन्दोलनलाई एक कास्टिङ मात्रै भएको र फिल्म बाँकी नै रहेको चेतावनी दिएका छन् ।

संसद विघटन विरुद्धको प्रदर्शनले जनआन्दोलनको झल्को दिएको पनि उनले बताए । सम्बोधनका क्रममा उनले भने ‘यो त कास्टिङ मात्र हो । फिल्म सुरु हुन बाँकी नै छ ।’

त्यस्तै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा मात्र नभई अब उनले शान्ति प्रक्रिया र संघीय व्यवस्था नै विघटन गर्न खोजेको बताएका छन्

अहिले ६२–६३ को जनआन्दोलनमा जस्तै फेरि एकपटक नागरिक समाज, पेशाकर्मी, मिडिया र वुद्धिजीवि वर्गले प्रतिनिधि सभाको असंवैधानिक कदमको विरोध गरेको उनले बताए। उनले अहिले देशका बिभिन्न भाग र काठमाडौंमा उर्लेको जनसागरलाई अदालतले पनि हेरेको उनले बताए।

fake rolex datejust usa inside the assemblage and also blend method, each associated link is good.

high quality fake rolex for sale.

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्