बैदेशिक राेजगारीका क्रममा यूएईका आवुदाबी पुगेका सुनकाेशी गाउँपालिका ६ टिमुरेका एक व्यक्तिकाे मृत्यु भएकाे छ । सुनकोसी ६ टिमुरेका २२ वर्षिय सुदीप थापाकाे मृत्यु भएकाे हाे । पुस १४ गते ड्युटीमा जाँदै गरेकाे उनकाे हृदयघात भएकाे थियाे । हृदयघात भई ढलेको र त्यही रहेको प्राईम हस्पिटलको भेन्टिलेटर कक्ष मा राखी उपचाररत भईरहेकाे थियाे ।
यो पनि पढ्नुहोस्,
१७ नेपालीको शव ल्याउन मलेसिया जाँदै नेपाल एयरलाइन्सको विमान
काठमाडौं– १७ नेपालीको शव ल्याउन नेपाल एयरलाइन्सको विमान आज राति मलेसिया जाने भएको छ । शव ल्याउन नेपाल वायुसेवा निगमको जहाज आज राति ११ बजे मलेसिया जाने भएको हो ।
क्वालालम्पुरबाट शव लिएर वाइडबडी जहाज शनिबार बिहान काठमाडौं फर्किने जनाइएको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत निगमले नेपालीको शव ल्याउन लागेको जनाएको छ ।
वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया गएर विभिन्न कारणले मृत्मु भएकाहरुको शव ल्याउन लागिएको हो । नेपाल एयरलाइन्सको वाइड बडी ए३३० जहाज शव लिनका लागि मलेसिया आज राति उड्न लागेको निगमकी प्रवक्ता करिश्मा श्रेष्ठले बताइन्।
उनले भनिन, ‘निगम राष्ट्रिय ध्वजाबाहक भएको नाताले मुनाफा वा फाइदा मात्रै हेर्न मिल्दैन, हामी नागरिकको सेवा सुविधा एवं सामाजिक उत्तरदायित्व बहन गर्न पनि उत्तिकै जिम्मेवार र प्रतिबद्ध हुनुपर्छ र छौँ।’
निगमले दुई वर्षअघि अफगानिस्तानबाट पनि नेपालीको शव ल्याएको थियो। निगमले कोभिड–१९ महामारीको सङ्क्रमणमा अन्तर्राष्ट्रिय उडान प्रतिबन्ध गरिएको अवस्थामा पनि उद्धार उडान तथा कोभिडका औषधिजन्य सामग्री ल्याउन महत्वपूर्ण भूमिका खेलेको थियो।