एजेन्सी । अमेरिकी नवनिर्वाचित राष्ट्रपति जो बाइडेन पनि कोरोनाको खोखिममा परेका छन् । यस अघि तत्कालिन राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पनि कोरोना पुष्टि भएको थियो ।
बुधवार बाइडेनको शपथग्रहणमा खटेका १५० भन्दा बढी सुरक्षाकर्मीमा कोरोना भाइरस पुष्टि भएके पाइएको छ। बुधबार बाइडेनको शपथग्रहणमा २५ हजारभन्दा बढी सेना सुरक्षाका लागि खटाइएका थिए।
तीमध्ये झन्डै एक सय ५० देखि दुई सयजनामा कोरोना पुष्टि भएको अमेरिकी अधिकारीहरुलाई उदृत गर्दै रोयटर्सले जनाएको छ।
गत जनवरी ६ मा पूर्व राष्ट्रपति ट्रम्पका समर्थकले बाइडेनको जित अवैधानिक भन्दै संसद भवनमा आक्रमण गरेका थिए। ट्रम्पका समर्थकले हिं सा भड्काउने ख तरा बढेपछि बाइडेनको शपथ ग्रहणमा बाक्लो रुपमा सेना तैनाथ गरिएको थियो।
अमेरिका अहिले कोरोना भाइरसले सबैभन्दा बढी ग्रस्त देश हो। त्यहाँ २ करोड ५३ लाख ९० हजारमा कोरोना पुष्टि भइसक्दा ४ लाख २४ हजारको कोरोनाका कारण मृ त्यु भइसकेको छ।