कान्छी भित्राउन नदिदा श्रीमानले लिए श्रीमतीको ज्या’न, केटी देख्नै नहुने श्रीमती बनाउनै पर्ने (भिडियोसहित)



मोरङ । मोरङको उर्लाबारी स्थित शिरुझारमा एक श्रीमानले कान्छी श्रीमती बिहे गर्नकोलागी अनुमति नदिएको झोंकमा श्रीमतीको ज्या’न लि’ए’का छन् । उनले ब’न्रो प्र’हा’र गरी माईली श्रीमती दिलमायाको ज्या’न लि’एका हुन् । दिलमायाको दाईको भनाई अनुसार उनका ज्वाईले अर्को विबाह गर्ने विषयलाई लिएर विगत लामो समयदेखि बहीनी ज्वाईको झ’ग’डा भई रहेको थियो । उनको भनाईमा ज्वाईले आफ्नो बहीनी माथि अर्को बिहे गरेर सौता ल्याई सकेका थिए । तर ज्वाईले भने आफुले अर्को विबाह नगरेको दाबी गरिरहेका थिए ।

यसै विषयमा माईति पक्षको सहयोगमा दिलमायाले बहुविबाहको मुद्या पनि दर्ता गराएकी रहिछन् । दिलमायाको दाई भन्छन्,‘ज्वाईको बानी केटी देख्नै नहुने बिहे गरिहाल्नु पर्ने । मेरो बहीनी पनि उनको दोश्रो श्रीमती थिईन् । उनले अर्की कान्छि बिहे गरिसकेका रहेछन् त्यो कुरा बहीनी लगाएत हामी सबैलाई थाहा भईसकेको थियो तर सोध्दा उनले बिहे गरेको छैनन भनि रहे । जस्ले गर्दा हाम्रो सहयोगमा बहीनीले ज्वाईमाथि ब’हुविबा’हको मु’द्या दर्ता गराएकी थिईन् । तर ज्वाईले बिहे गरेकै छैन भनेर त्यो केश जीते ।’ दाई आगाडी भन्छन्,‘केश जीतेपनि उनले त्यही कान्छि श्रीमतीकोलागी मेरो बहीनीलाई मा’रे’रै छा’डे ।’ भिडियोसहित

यो पनि :  विमानस्थलमा परदेशको पीडा : एकै दिन मलेशियाबाट १८ शव ल्याइयो

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए३३० जहाजले मलेशियाबाट १८ वटा नेपाली कामदारको शव नेपाल ल्याएको छ । वैदेशिक रोजगारीको सिलसिलामा मलेशियामा विभिन्न कारणले ज्यान गुमाएका नेपालीको शव लिएर निगमको जहाज अपराह्न काठमाडौँ अवतरण भएको हो । एक शवको अस्तुसहित १९ वटा शव नेपाल ल्याइएको निगमले जनाएको छ ।

शव लिन निगमको जहाज शुक्रबार राति ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मलेशियाको क्वालालम्पुर उडेको थियो । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत निगमले नेपालीको शव ल्याएको हो । वैदेशिक रोजगारीको सिलसिलामा मलेशियामा काम गर्न गएका नेपाली विभिन्न कारणले मृत्यु भएर त्यहाँ अलपत्र अवस्थामा थिए । मृतकका परिवारको पीडालाई बुझेर निगमले सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा शव ल्याएको निगमले उल्लेख गरेको छ ।

निगमले क्वालालम्पुर गन्तव्यमा न्यारोबडी जहाजले नियमित उडान गर्दै आएको छ । नेपाली कामदारको शव लिनकै लागि निगमले पहिलोपटक वाइडबडी जहाज प्रयोग गरेको हो । वाइडबडी जहाजमा १८ वटा शव बोक्ने क्षमता हुन्छ ।

मलेशियास्थित नेपाली दूतावासँगको समन्वयमा निगमले नेपालीको शव ल्याएको हो । नेपाली दूतावासलाई उद्धृत गर्दै निगमले जनाएअनुसार अझै त्यहाँ ३७ वटा शव रहेको छ । ती शव समयभित्रै नेपाल ल्याउन निगमले आवश्यक तयारी भइरहेको जनाएको छ । विदेशमा अलपत्र नेपाली कामदारको शव नेपाल ल्याएर निगमले सामाजिक उत्तरदायित्वको उदाहरणीय काम भएको निगमका सहप्रवक्ता शुलेख मिश्रले बताउनुभयो । “नेपाल वायु सेवा निगम राष्ट्रिय ध्वजावाहक भएकाले हामी सदैव नेपाल र नेपालीको सुखदुःखमा साथमा हुनुपर्छ र छाँै, यस कारण पनि सामाजिक उत्तरदायित्व हाम्रो प्राथमिक क्षेत्र हो र जसप्रति निगम उच्च संवेदनशील छ”, उहाँले भन्नुभयो ।

महिनौँदेखि अलपत्र अवस्थामा रहेका नेपालीको शव ल्याउन निगमको जहाज प्रयोग भएको छ । निजी क्षेत्रका जहाजले शव बोक्न आनाकानी गर्ने गरेको अवस्थामा निगमले प्रशंसनीय काम गरेको छ । निगमले दुई थान न्यारोबडी जहाज ए ३२० र दुई थान वाइडबडी ए३३० जहाजमार्फत भारतका तीनसहित सात देशका नौ गन्तव्यमा अन्तर्राष्ट्रिय उडान भर्दै आएको छ ।

fake rolex datejust usa inside the assemblage and also blend method, each associated link is good.

high quality fake rolex for sale.

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्