यी हुन् १९ वर्षकी विश्वकै सुन्दर युवती, ३६ वर्षका अर्बपतिसँग प्रेममा छिन्



काठमाडौं। १९ वर्षकी मोडल येल शेल्बियाले टिसी क्याण्डलरको वार्षिक सूचीमा १०० सबैभन्दा सुन्दर अनुहारको सूचीमा शीर्ष स्थान हासिल गरेकी छिन् । इन्स्टाग्राममा १ मिलियनभन्दा धेरै फलोअर भएकी येल आफ्नो जीवनशैलीका कारण पनि चर्चामा रहन्छिन् । तर, शानदार जीवनशैलीका कारण उनले अनलाइनमा घृणाको सामना पनि गर्नुपर्छ ।

येलको जन्म इजरायलको एउटा सानो शहरमा यहुदी परिवारमा भएको थियो । उनले १६ वर्षको उमेरमा मोडलिङ सुरु गरेकी थिइन् । एक स्थानीय फोटोग्राफरले उनका इन्स्टाग्राम फोटोहरु देखेपछि उनलाई फोटोशुटमा सहभागी हुन भनेका थिए । त्यसपछि येलको मोडलिङ करिअर अघि बढेको थियो । येलले इजरायलको एयरफोर्समा रहेर सैनिक सेवा पनि गरिसकेकी छिन् ।

येलले अहिले ३६ वर्षका अर्बपति ब्रण्डन कोर्फसँग डेट गरिरहेकी छिन् । ब्रेण्डन अमेरिकाका अर्बपति व्यवसायी सम्नर रेडस्टोनका नाति हुन् । येलले किम कार्दाशियन र काइली जेनरजस्ता सेलिब्रेटीका उत्पादनको लागि मोडलिङ गरेकी छिन् । उनले सुपरस्टार फुटबलर लियोनेल मेस्सीसँग पनि काम गरिसकेकी छिन् । कोरोनाभाइरसका कारण येललाई पनि काम गर्न निकै समस्या भएको छ । यद्यपि उनी कामको सिलसिलामा एकपटक फेरि युरोप र अमेरिका यात्रा गर्न इच्छुक छिन् ।

द सनसँग कुराकानी गर्दै येलले आफ्नो लुकका कारण ट्रोलको पनि सामना गर्नुपरेको बताइन् । येलले विश्वकै सुन्दर अनुहारको उपाधि जितेपछि आफू आश्चर्यमा परेको बताउँदै यस वर्ष आफू पनि प्रतियोगितामा सहभागी भएकोबारे आफूलाई थाहा नभएको बताइन् । २०१७ मा येल यो सूचीमा १४ औं स्थानमा थिइन् । २०१८ मा तेस्रो स्थानमा आएकी येल २०१९ मा दोस्रो र २०२० मा पहिलो स्थानमा पुगेकी हुन् ।

fake rolex datejust usa inside the assemblage and also blend method, each associated link is good.

high quality fake rolex for sale.

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्