राष्ट्रपतिको हातवाट सम्मान लिन जाँदा कंगनासँग नयाँ लुगा किन्न पैसा थिएन, त्यसैले यस्तो उपाय लगाइन्



एजेन्सी । बलिउड अभिनेत्री कंगना रनावत जहिले पनि मिडियाको नजरमा पर्ने अभिनेत्री हुन् । उनी राम्रा नराम्रा टिप्पणीहरुवाट सँधै चर्चामा आइरहन्छिन् । उनी खुलस्त बोल्न र आफुलाई लागेको प्रतिकृया दिइहाल्ने स्वभावकी छन् । त्यसैले पनि उनी विवादित भइरहन्छिन् । हालै कंगनाले आफ्नो जिवनमा भागेको अभावलाई सामाजिक सञ्जाल मार्फत खुलस्त पारेकी छन् ।

जुनबेला उनीसंग नयाँ डिजाइनको लुगा किन्ने पैसा समेत थिएन । आज उनको सम्पन्नताको सबैले प्रशंसा गर्छन । उनको जिवनशैली लोभलाग्दो किसिमको छ । जब कंगनालाई आफ्नो जिवनमा पहिलो पटक नेशनल अवार्ड मिलेको थियो, तब उनीसँग समारोहमा लगाउनको लागि नयाँ डिजाइनको लुगा किन्ने पैसा थिएन। उनले ५६औँ नेशनल अवार्डमा पहिलो अवार्ड पाएकी थिइन्। उनले सोसल मिडियाको फयानपेजमा लेखिएको पोस्ट रिपोस्ट गर्दैँ उक्त कुरा खुलाएकी हुन्।

कंगनाले लेखेकी छिन्, ‘पहिलो अवार्ड। जसमा मेरो विशेष याद जोडिएको छ। यो सम्मान पाउने युवा अभिनेत्रीमा म एक थिएँ। महिला केन्द्रित फिल्मको लागि महिला रास्ट्रपतिको हातबाट अवार्ड लिएकी थिए। नयाँ डिजाइनको लुगा किन्न पैसा थिएन। मैले आफ्नो सुट आफैँ डिजाइन गरेकी थिएँ।’

२००६ मा फिल्म ‘ग्याङ स्टार’बाट कंगनाले बलिउडमा डेब्यु गरेकी हुन् । उनले अहिलेसम्म तीन पटक नेशनल अवार्ड हात पारिसकेकी छन्। उनले फिल्म ‘फेशन’ ९२००८०मा शोनाली बोसको भुमिकामा बेस्ट सर्पोटिङ एक्ट्रेस, ‘क्विन’ ९२०१४०मा रानी मेहराको भुमिकामा बेस्ट एक्ट्रेस र ‘तनु वेड्स मनु रिटर्न्स’ ९२०१५०मा दत्तोको भुमिकामा बेस्ट एक्ट्रेस उपाधि हात पारिसकेकी छन्। उनलाई २०२० मा भारत सरकारले देशको चौँथो सबैभन्दा ठूलो पद्माश्रीबाट सम्मान गरेको थियो।

fake rolex datejust usa inside the assemblage and also blend method, each associated link is good.

high quality fake rolex for sale.

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्