जिवराज आश्रितकी श्रीमती माया ज्ञवाली ‘पार्टी फुटाउनु हुँदैन’ भन्दै पुगीन् वामदेवको राष्ट्रिय अभियानमा



काठमाडौं । तत्कालिन नेकपाल एमालेका संगठन विभाग प्रमुख जिवराज आश्रितको श्रीमती माया ज्ञवाली नेकपाका उपाध्यक्ष वामदेव गौतमको राष्ट्रिय एकता अभियानको पक्षमा लागेकी छन् । उनी केही समय अघि भएको ओली समुहको बैठकमा सहभागी भएकी थिइन् । उनले अहिले कम्युनिष्टको नेतृत्व केपी शर्मा ओलीले गर्ने भन्दै सो समुहको बैठकमा सहभागी हुन पुगेकी थिइन् ।

अहिले ओली समुह छोडेर उनी वामदेव गौतमको एकता अभियानमा लागेकी छन् । नेकपा एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारीसँगै दासढुंगा दुर्घ टनामा निधन भएका संगठन विभाग प्रमुख जीवराज आश्रितकी पत्नी ज्ञवाली प्रतिनिधिसभामा तत्कालीन एमालेबाट समानुपातिक सांसद थिइन् ।

वामदेव गौतमको एकता अभियान घोषणासभामा उनी वामदेव पत्नी तुलसा थापासँगै मञ्चमा बसेकी छन् । थापा पनि समानुपातिक सांसद हुन् ।

अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका विघटित प्रतिनिधिसभाका सदस्यमध्ये भैरववहादुर सिंह र यज्ञ बोगटी केपी ओली पक्षमा लागिसकेका छन् भने प्रभु साह मन्त्रीनै भइसकेका छन् । लालबाबु पण्डितले आफ्नो हस्ताक्षर दुरुपयोग भएको बताएका छन् ।

राजनीतिक आन्दोलनमा संगै रहेका तत्कालिन नेकपा एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जिवराज आश्रीतको एउटै घटनामा निधन भयो । २०५१ जेठ ३ गते भएको रहस्यम दुर्घटनामा दुवै जनाको निधन भएको थियो ।

भण्डारीको श्रीमती विद्धा देवि भण्डारी अहिले मुलुकको राष्ट्रपति छन् तर आश्रीतको श्रीमती माया ज्ञवालीलाई भने बल्ल तल्ल समानुपातीक सांसद बनाइएको थियो । लामो समय राजनीतिमा उनी ओझेलमा परेकी थिइन् । ७४ को निर्वाचनपछि समानुपातिक तर्फबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएकी थिइन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्