अवहेलना सम्बन्धि मुद्दामा सर्वोच्चले प्रधानमन्त्री ओलीलाई दियो यस्तो आदेश



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाका विषयमा अदालतले लिखित जवाफ माग गरेको छ । प्रधानमन्त्री ओलीले संसद विघटन विरुद्ध सर्वोच्चमा परेको विचाराधिन विषयमा दिएको अभिब्यक्तिलाई लिएर दायर अवहेलनासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले लिखित जवाफ माग गरेको छ ।

न्यायाधीश मनोजकुमार शर्माको इजलासले बुधबार प्रधानमन्त्री ओलीलाई रिट निवेदकको माग बमोजिम अवहेलनामा कारवाही किन हुनु नपर्ने हो भन्नेबारे बाटोको म्यादबाहेक सात दिनभित्र लिखित जवाफ पेश गर्न निर्देशन दिएको हो ।

प्रधानमन्त्रीका अभिव्यक्तिले न्यायपालिका र न्यायप्रक्रियाकै उपहास भएको भन्दै वरिष्ठ अधिवक्ता डा। कुमार शर्मा आचार्यले अवहेलना मुद्दा दायर गरेका थिए । प्रधानमन्त्रीका अभिव्यक्तिविरुद्ध अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले पनि रिट दायर गरेका छन् ।

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्