ओली जस्तै व्यंग्यमै उत्रिए वर्षमान पुन, भन्छन्, ‘ओलीका दुईतिर दुई ढेडु बाँदर– रामबहादुर र टोपबहादुर !’



काठमाडौ । ब्यंग्यका लागि प्रधानमन्त्री केपी शर्मा ओली निकै अगाडी छन् । उनले भाषणमा कुनै न कुनै थेगो प्रयोग गर्छन । उनले भाषणमा प्रयोग गरेका थेगो चर्चित हुन्छन् । प्रधानमन्त्री ओली जस्तै नेकपा स्थायी समिति सदस्य वर्षमान पुन पनि ब्यंग्यमा उत्रिएका छन् । उनले आफ्ना पूर्व नेता रामवहादुर थापा वादल र टोपवहादुर रायमाझीलाई ढेडु बाँदरको संज्ञा दिएका छन् ।

माओवादी जनयु द्ध र त्यसमा सहभागीलाई अपमान गर्दा पनि चुपचाप सुनेर बसेको भन्दै उनले आपत्ति जनाएका हुन्। प्रधानमन्त्री ओलीले माओवादी जनयुद्धलाई ‘कुहिएको फर्सी’ र जनयुद्धमा लागेकालाई ‘बाँदर’ को संज्ञा दिएको भन्दै नेता पुनले आपत्ति जनाए । ओलीले त्यस्तो भन्दा मञ्चमा सुनेर बसेका पूर्व माओवादी नेताहरुलाई ब्यंग्य गरे ।

पूर्वमन्त्रीसमेत रहेका पुनले पूर्वमाओवादीकै कारण ओली दुईपटकसम्म प्रधानमन्त्री बन्न सफल भएको दावी गरे । उनले भने, ‘जसको योेगदानले दुईपटक देशको प्रधानमन्त्री बन्नुभयो, उही कुहिएको फर्की ?, उही बाँदर ?’, प्रधानमन्त्री ओलीको नाम लिँदै नेता पुनले बिहीबार बुटलमा आयोजित विरोधसभामा भने।

पुनले यदि माओवादी युद्धमा लागकाहरु बाँदर हुने भए रामबहादुर थापा र टोपबहादुर रायमाझी नामका दुई ‘ढेडु बाँदर’ ओलीका दायाँ र बायाँ रहेका भन्दै व्यंग्य गरे। ‘तपाईंका दायाँ र बायाँ रामबहादुर र टोपबहादुर नामका दुई बाँदर छन्’, पुनले भने, ‘दुईवटा ढेडु बाँदरलाई दुईतिर राखेर कसरी गुट बनाउन सक्नुहोला ? ’

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्