अन्तिम प्रहर (कबिता)



आउनु पर्ने पनि कोहि छैन
मैले पर्खिरहने भञ्ज्याङ् मा
रै पनि मैले समयको
अन्तिम प्रहर सम्म
पर्खिनु कसैलाई
सायद दैनिकी जस्तै जस्तै भएको छ

डुब्दै गरेको घामले
मिर्मिरेमा
खुशी बोकेर आएको
अस्ताउदै गर्दा
सबै खुशी निमोठेर
क्षितिजमा डुबे जस्तो

खुशिको बिहान जन्माउन
आशुको बलिदान गरिरहेको
एउटा यात्रीलाइ
के थाहा उस्को खुशी
बिहान बोकेर आउने हुन या हैनन

झुकिनु पनि स्वाभाविक हुन्छ
आफ्नै मुटु आफ्नो हो कि हैन भनेर
आज सम्म मलाई
सबै भन्दा प्रीय चिजहरुले छोडेका छन

उ जादाजादै मैले
अन्तिम पल्ट हेरि पठाएको
उस्ले जीवन सिंगार्दै गर्दा
भत्किरहेको मेरो खुशी
खै किन मिल्दैन तालमेल जिवनको हिस्सा हरुमा

हस्पिटलमा छट्पटीरहेको बिरामी
तनावग्रस्त कुरुवा
र मेरो पर्खाइमा कुनै फरक छैन
एक लहर पीडा बोकेर
आइरहन्छ सधैं – सधै

अचानक दराजभित्रको
नक्कली मुटुले
रोकिसकेको मेरो स्वास प्रस्वास
द्रुत गतिमा बढाएपछि
म सोच्दै छु
समयको अन्तिम प्रहरमा
मैले पनि नक्कली स्वास फेरिरहेको रैछु
उफ कैले मरिसकेछ
मेरो रगत बहने पल्मोनरी धमनी र शिराहरु
फगत बोकेर अधुरा खुशिको हिस्सा हरु

सुमित्रा अश्रुधारा
काठमाडौं

fake rolex datejust usa inside the assemblage and also blend method, each associated link is good.

high quality fake rolex for sale.

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्