अस्ताए सात सालका क्रान्तिकारी योद्धा भण्डारी, सनिवार २ बजे आर्यघाटमा अन्त्येष्टि गरिने



पुर्व राजपरिषद स्थायी समिति सदस्य,साहित्यकार तथा राजनेता कर्ण बहादुर भण्डारीले यस सन्सारबाट विदा लिएका छन् । उनको मेडिसिटी अस्पातलमा उपचार पछि बानेश्वरस्थित घर ल्याइएको अवस्थामा सनिबार बिहान साढे ६ बजे निधन भएको हो ।

उनको माघ १ गते अवस्था गम्भिर भएपछी अस्पातल लगिएको थियो । भण्डारीको फोक्सोमा समस्या देखिएकोले आइसीयुमा राखेर उपचार गरिएको थियो । भण्डारी लामो समयदेखि मृगौला र मधुमेह लगायत रोगबाट पीडित थिए ।

१९९१ चैत ९ गते डडेल्धुरा जिल्ला समैजी गाबिस वडा न ९ मा जन्मेका भण्डारी २००७ साल देखी राजनीतिमा होमिएका थिए । २०२८ सालमा डडेल्धुरा जिल्लाको जिल्ला सभापति र तत्पश्चात राष्ट्रिय पंचायतको सदस्य रही सुदुरपश्चिममा आफ्नो योगदान दिएका भण्डारी राजपरिषद २०५६ स्थायी समितिको सदस्य समेत रहेका थिए ।

तत्कालीन समयमा बिभिन्न मान पदवी प्राप्त गरेका भण्डारी अस्वस्थ्य भएपछि उद्योग वाणीज्य तथा आपुर्ती मन्त्री लेखराज भट्ट अस्पतालमा उनको स्वास्थ्य अवस्था बुझ्न केही दिन अघिा पुगेका थिए । भण्डारीले गोर्खा दक्षिणबाहु चौंथो, शुभ राज्य बिशेष बिभुषण, राजपरिषद षष्टकोण बिभुषण बिभिन्न प्रशंसा पत्र,आदरपत्रले सम्मानित भएका थिए ।

राजनीति संगै साहित्यमा पनि रुची राख्ने भण्डारीका ‘कालिका कवच’,’राम सिता कवच’, ‘सन्तान गोपाल पाठ’, ‘नव ग्रह स्तुती’ ,बिकासको लहर’,’बासु बिरौ संगीत’ ‘आमा बुवाको सम्झना’ जस्ता आधा दर्जन श्लोक लेख प्रकाशित छन् । उनको सनिबार दिउसो २ बजे अन्त्येष्टी गरिनेछ । उनका ४ छोरा, ४ छोरी रहेका छन् ।

fake rolex datejust usa inside the assemblage and also blend method, each associated link is good.

high quality fake rolex for sale.

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्