काठमाडौ । ललितपुरको सातदोवाटोमा आइतवार देखि हिमालयन जाभा सञ्चालनमा आएको छ । काठमाडौका धुर्व रिजाल र बाँके कोहलपुरका ब्यवसायी नविन खड्काको समुहले साददोबाटोमा सञ्चालनमा ल्याएका हुन् । नायीका स्वेता खड्काले दरबारमार्गको राइजिङ मलमा हिमालयन जाभा सञ्चालनमा ल्याएपछि काठमाडौमा त्यसको चर्चा सुरु भएको थियो । धुर्व मेनपावर व्यवसायी हुन् भने खड्का कोहलपुरका ठुला कपडा ब्यावसायी हुन् ।
धुर्वले यस अघि काठमाडौको महाराजगंजमा पनि हिमालयन जाभाकै अर्को शाखा संचालनमा ल्याइसकेका छन् । त्यसको सफलतावाट हौसिएका उनले कोहलपुरका खड्कासंग मिलेर सातदोवाटोमा पनि सञ्चालनमा ल्याएका हुन् । आइतवार सफ्ट ओपनिगं गरिएको हिमालयन जाभाको केही दिनमा ग्राण्ड ओपनिगं गर्ने पनि ब्यवसायी नविनले बताएका छन् । यो अन्तर्राष्ट्रिय स्तरमा फैलिएको नेपाली फेन्चाइज कफी सप हो । काठमाडौंमा दर्जन बढी यसका शाखा छन् । काठमाडौं बाहिर आधा दर्जन बढी । र,विदेशसम्म यो फैलिएको छ ।
विश्व प्रशिद्ध इन्डोनेसियाली ब्रान्ड जाभा र नेपाली गौरव झल्काउने हिमालयन जोडेर बनाइएको हिमालन जाभा कफी पारखीको लागि रोज्जा गन्तव्य हो । झन्डै दुई दशक अघि ठमेलको त्रिदेवी मार्गबाट हिमालयन जाभा सुरु भएको हो । हिमालन जाभाको आगमनले नेपालमा कफी संस्कृतिलाई अरु बढाव दिएको पारखीहरु बताउँछन् ।
त्यही कुरालाई ध्यानमा राख्दै ब्यवसायी खड्काको समुहले पनि सातदोवाटोमा साखा संचालनमा ल्याएको बताएका छन् । धुर्व र रिजाल दुइ जनाको साझेदारीमा घर जग्गाको कारोबार पनि गर्ने गर्छन् ।