आगो ताप्न कै लागि यी व्यक्तिले जलाए पाँच सयका नोटहरु



चिसो मौसममा मानिसहरु शीतलहर र चिसोबाट बच्नका लागि विभिन्न उपाय अपनाउने गर्छन् तर भारतको उत्तर प्रदेशको महोबा जिल्लामा एक मानसिक रुपमा विक्षिप्त व्यक्तिले चिसोबाट बच्न निकै अचम्मको तरिका अपनाएका छन् । भारतीय सञ्चार माध्यमको रिपोर्ट अनुसार महोबा शहरस्थित पुरानो सब्जी मन्डी परिसर बाहिर एक मानसिक रुपमा विक्षिप्त व्यक्तिले चिसोबाट बच्नका लागि पाँच पाँच सयका थुप्र नोटहरुमा आगो लगाइदिए ।

त्यहाँ वरिपरि सरसफाईको काम गर्ने मानिसहरुलाई विश्वास गर्ने हो भने ती व्यक्तिले लाखौंको नगद, दुईवटा एन्ड्रोइड मोबाइल र सुन चाँदीको गहनासहित धारिलो हतियार पनि आगोमा स्वाहा बनाए । आजतकका अनुसार फोहोरमा लाखौंको नगद बालेर यी मानसिक रुपमा विक्षिप्त व्यक्तिले भने हास्दै भने, ‘के गरुँ, मलाई चिसो लाग्यो, जे भेटेँ त्यो बालेर शीतलहरबाट छुटकारा पाएँ ।’

घटनाबारे जानकारी पाउने बित्तिकै घटनास्थलमा पुगेको प्रहरीले यसबारे अनुसन्धान सुरु गरेको बताइएको छ । प्रहरीले यो मामिलामा विभिन्न पाटोलाई ध्यानमा राखेर अनुसन्धान गरिरहेको छ । तर यहाँ प्रश्न उठ्छ कि यी व्यक्तिसँग यति धेरै नगद कहाँबाट आयो ? यो अचम्मको घटनामा प्रहरी प्रशासनले केही जानकारी दिएको छैन ।

fake rolex datejust usa inside the assemblage and also blend method, each associated link is good.

high quality fake rolex for sale.

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्