अन्तिम पटक यसो भन्दै १८ बर्षिया यी युवतीले छोडिन संसार



१८ वर्षीया अमेरिकी टिकटक स्टार डजारिया क्वेन्ट नोइसले देहत्याग गरेकी छन् । डजारिया टिकटकमा ‘डी’ नामबाट चर्चित थिइन् । देहत्याग गर्नुअघि उनले एक भिडियो सेयर गरेकी छन्, जसलाई उनले अन्तिम पोस्ट बताएकी थिइन् । भिडियोको क्याप्सनमा उनले लेखेकी थिइन्, ‘मलाई थाहा छ मैले तपाईंहरुलाई झर्को लगाइरहेकी छु, यो मेरो अन्तिम पोस्ट हो ।’

डेलिमेल अनलाइन पोर्टलका अनुसार डजारियाका अभिभावकहरूले उनको मृत्युको पुष्टि गरेका थिए । छोरीको मृत्युले उनीहरु शोकमा छन् । गोफन्डमी नामको पेजमा डजारियाको पिता रहिम अलाले ८ फ्रेबुअरीमा छोरीले मलाई छोडेर गइन् भन्दै पोस्ट गरेका थिए ।

साथीजस्ती छोरीको अन्तिम संस्कार गर्न आफूलाई अन्यन्त गाह्रो भएको उनी बताउँछन् । उनले भनेका छन्, ‘छोरीले आफ्नो त नाव र देहत्यागको विचारको बारेमा मसँग कुरा गरेको थए हुन्थ्यो । यसको समाधान निकाल्थ्यौं । जब म घर आउँछु तिमीलाई देख्दिन ।’

स्मरण रहोस् डजारिया सामाजिक सञ्जालमा एकदमै चर्चित थिइन् । टिकटकमा उनलाई लाखौंले फलो गरेका छन् । उनी इंस्टाग्राम र युट्युबम पनि एक्टिभ भइन् ।

fake rolex datejust usa inside the assemblage and also blend method, each associated link is good.

high quality fake rolex for sale.

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्