नेमारले अर्काकी प्रेमिकालाई प्रलोभन देखाएपछि…



पीएसजीका स्टार खेलाडी नेमार जुनियर घाइते भएर यतिबेला आराममा छन्। तर पनि उनका बारेमा विभिन्न चर्चाहरु चलिरहेका छन्। स्पेनिस खेल पत्रिका मार्काका अनुसार नेमारले इटालिएन क्लब रोमाका खेलाडी निकोलो जानिओलोका प्रेमिकालाई प्रलोभन देखाएका छन्। २३ वर्षकी चियारा नास्तीका हरेक इन्स्टाग्राम पोस्टलाई पछिल्लो समय नेमारले लाइक र कमेन्ट गर्दै आएका थिए। नेमार नास्तीसँग प्रेम सम्बन्धमा रहन चाहन्थे।

तर नेमारको प्रयास यतिबेला असफल भएको छ। नास्तीले आफ्नो र निकोलोको फोटो भ्यालेन्टाइन डेको दिन सामाजिक सन्जालमा पोस्ट गरेकी छिन्। उनीहरुले आफूहरु सम्बन्धमा रहेको देखाउन एकै किसिमको ट्याटु समेत खोपेका छन्। अहिले भने नेमारले नास्तीको फोटोहरुमा लाइक गर्न छाडेको बताइएको छ।

तेस्तै नेमारले पिएसजीसँग गरे चारवर्षे सम्झौता – ब्राजिलियन स्ट्राइकर नेमार जुनियरले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)सँग चार वर्षको सम्झौता गरेका छन् । सम्झौताअनुसार नेमारले पिएसजीबाट प्रतिसाता ६ लाख पाउन्ड पाउनेछन् ।पिएसजी र नेमारबीचको सम्झौतासँग सम्बन्धित थप कागजी प्रक्रिया अगाडि बढाइएको द डेलिमेलले जनाएको छ । यो सबै प्रक्रिया यसै साता पूरा हुने आरएमसीको रिपोर्टमा उल्लेख छ ।

फ्रेन्च लिग वानमा जमिरहेका नेमारले चार वर्षमा नयाँ उचाइ प्राप्त गर्ने बताएका छन् । पछिल्ला केही वर्ष अधिकांश समय चोटका कारण बेन्चमै बसेका नेमारले नयाँ सिजनमा पिएसजीबाट उत्कृष्ट प्रदर्शन दिने बताएका छन् । यसअघि उनी बार्सिलोनामै पुनः आबद्ध हुने समाचार आइरहेका थिए ।

गत साता ब्राजिलका पत्रकार मार्सेलो बेचलरले नेमार र पिएसजीसँगको सम्झौता हुन लागेको बताएका थिए । गत सिजनमा नेमारकै उत्कृष्ट प्रदर्शनमा पिएसजी इतिहासमै पहिलोपटक युरोपको प्रतिष्ठित फुटबल प्रतियोगितामा च्याम्पियन्स लिगको फाइनलमा पुगेको थियो । जसमा पिएसजी बायर्न म्युनिखसँग १–० ले पराजित भयो ।

जर्मनसँगको सम्झौतापछि नेमारले नयाँ प्रशिक्षक माउरिसिओ पोचेटिनोसँग सहकार्य गर्न आतुर रहेको जनाएका छन् । ‘पोचेटिनोको प्रशिक्षण लिन मैदानमा उत्रन आतुर छु, म आफूले भ्याएसम्म कसैलाई पनि निराश पार्दिनँ,’ नेमारले भनेका छन् । सन् २०१७ मा सबैलाई आश्चर्यमा पार्दै नेमार बार्सिलोनाबाट २२ करोड पाउन्डमा पिएसजीमा अनुबन्धित भएका थिए । खेलाडी ट्रान्सफर विन्डोमा यो नै अहिलेसम्मको सर्वाधिक अनुबन्ध रकम मानिएको छ । विश्व फुटबलमा कम उमेरमै स्थापित भएका खेलाडीमध्ये नेमार पनि एक हुन् ।

१६ खेलमा १३ गोल
यस सिजनमा उनी फर्ममा देखिने सम्भावना छ । यो सिजनमा सम्पन्न १६ खेलमा उनीले १३ गोल गरिसकेका छन् । नेमार र पिएसजीबीचको सम्झौताले प्रशिक्षक पोचेटिनोले राहत पाएको ब्राजिलियन पत्रकार मार्सेलोले जनाएका छन् । ‘प्रशिक्षक पोचेटिनोलाई पनि नेमारको भविष्यप्रति शंका लागेको थियो, तर अब यो सबै द्विविधा समाप्त भएको छ,’ मार्सेलोले भने ।

पोचेटिनोले सम्भवतः नेमार र फ्रेन्च स्टार खेलाडी केलियन एम्बाप्पेलाई नै पहिलो रोजाइमा उतार्नेछन् । यी दुईसहितको सहयोगमा पोचेटिनोले युरोपियन च्याम्पियन्स लिग उपाधि जित्ने मनसाय बनाएका छन् । करिब चार सिजनमा नेमारले पिएसजीबाट सय खेलमा ८३ गोल गरेका छन् ।

सम्झौतापछि ज्यादै खुसी भएको नेमारले प्रतिक्रिया दिएका छन् । ‘म धेरै खुसी छु,’ उनले भनेका छन् । एम्बाप्पेले पनि पिएसजीमै रहँदा झन् खुसी हुने बताएका छन् । उनी भन्छन्, ‘म अब चार वर्ष यहीँ रहनेछु, सबै समर्थकको चाहना पनि पिएसजी युरोपकै एक बलियो टोली बनोस् भन्ने छ । म जबसम्म यहाँ रहन्छु मेरो प्रयास पनि त्यही हुनेछ, फुटबल खेल्ने र सधैँ खुसी हुने ।’

पिएसजी आएपछि जीवन तथा खेल्ने शैली नै परिवर्तन भएको उनको भनाइ छ । यद्यपि, बार्सिलोनामा रहँदा पनि उनले लियोनल मेसीका धेरै पक्ष सिकेको बताएका थिए । ‘पेरिस आएपछि ममा धेरै परिवर्तन भएको पाएँ जुन अन्य क्लबमा पाउन सकिनँ ।’ पिएसजीको ड्रेसिङ रुमको वातावरणबारे उनी भन्छन्, ‘बार्सिलोनापछि खुसी भएको क्लब नै पिएसजी हो, यसकारण म यहाँ खुसी छु ।’

पिएसजीले अब एम्बाप्पेसँग पनि सम्झौता गर्ने तयारी गरिरहेको समाचार आएका छन् । नेमारको जस्तै एम्बाप्पेको पनि युरोपका ठूला र सशक्त क्लबहरूसँग कुराकानी भइरहेको ब्रिटिस मिडियाहरूले जनाएका छन् । विश्वकप विजेता खेलाडी एम्बाप्पेले यतिवेला स्पेनिस क्लब रियल म्याड्रिड र लिभरपुलसँग नजिक छन् । पिएसजीका स्पोर्टिङ डाइरेक्टर लिओनार्दोले एम्बाप्पे र अन्य युरोपिय क्लबसँग वार्ता भइरहेको स्पष्ट पारेका छन् ।

एम्बाप्पेले अवस्थाअनुसार निर्णय गर्ने बताएका छन् । तर, प्रशिक्षक पोचेटिनोले मिडिया र बजारमा आएको जस्तो हल्ला वास्तवमा नभएको दाबी गरे । ‘यहाँ धेरै कुरा हल्लामै चलिरहेको छ, मैले पिएसजीमा यस्तो केही भएको देखिनँ, क्लबले चाहेको जस्तै खेलाडीको माग पूरा हुनेछ,’ प्रशिक्षक पोचेटिनोले भने, ‘क्लबमा भएका दुईजना स्टार खेलाडी (नेमार र एम्बाप्पे)सँग कुराकानी भइसकेको छ, उनीहरू पेरिसमै रहनेछन् ।’

fake rolex datejust usa inside the assemblage and also blend method, each associated link is good.

high quality fake rolex for sale.

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्