‘अर्जुन रेड्डी’को नेपाली रिमेकका लागि १२ घण्टा पानी नखाई अडिसन दिन तयार छु : शेखर सुबेदी (तस्बिर सहित)



काठमान्डौ : नेपाली चलचित्र क्षेत्रका उदाउँदा कलाकार शेखर सुबेदीले ‘अर्जुन रेड्डी’को नेपाली रिमेकका लागि १२ घण्टा पानी नखाई अडिसन दिन तयार रहेको बताएका छन् । झट्ट हेर्दा साउथ अभिनेता जस्तै देखिने सुवेदी सामाजिक सञ्जालमा अत्यन्तै लोकप्रिय अनुहार हो । उनले भने, ‘यो फिल्मको अडिसनको लागि इतिहासकै ठुलो भिड हुने कुरामा दुई मत छैन, तर के अडिसनबाटै कलाकार छानिएलान् र ? यदि अडिसनबाटै कलाकार छानिने हो भने म १०० प्रतिशत दिने कोसिस गर्नेछु ।

’अडिसन प्रोटोकलको लागि मात्र हुने गरेको गुनासो गर्दै उनले भने, ‘मैले पनि धेरै चलचित्रको लागि अडिसन दिएको छु । तर मसँगै अडिसन दिन आउनु भएको कुनै पनि कलाकारलाई चलचित्रमा देख्न पाएको छैन । त्यसैले अलि अलि शङ्का उब्जनु स्वाभाविक नै हो ।’

अरू चलचित्र भन्दा भिन्न हुने हुनाले क्षमता वान कलाकारले मेन लिड पाओस् भन्ने उनको चाहना छ । यो फिल्मको लागि आफूले जस्तोसुकै मेहनत गर्न पनि तयार रहेको बताउने सुबेदीले घण्टौँ घाममा उभिएर परिश्रम गर्नेले राम्रो परिणाम पाउनु पर्ने बताए । नक्कली दारी र कपाल हालेर अडिसन दिन आउने कलाकारहरूको पहिचान गरी सही र चरित्र सुहाउँदो व्यक्तिले मुख्य भूमिका पाओस् भन्ने उनको चाहना छ ।

सुपर हिट दक्षिण भारतीय तेलुगू फिल्म ‘अर्जुन रेड्डी’को नेपाली रिमेकका युवा फिल्मसले अडिसन गर्ने तयारी सुरु गरेपछि चलचित्र क्षेत्रका धेरैको नजर यस्को अडिसनमा परेको छ ।एक वर्ष अगाडी देखि नै रिमेक बन्ने हल्ला चले पनि कोरोना कहरले यसको काम रोकिएको थियो । अहिले स्थिति सामान्य बन्दै आएकोले फिल्मका कलाकार छान्ने काम अघि बढाइएको हो। विशाल ‘सेल्फी किङ’का निर्देशक हुन्।

‘अर्जुन रेड्डी’को नेपाली रिमेक बन्ने समाचार केही महिना अघि नै बाहिरिएको थियो। अडिसनबाट फिल्मका मुख्य नायक, नायिका र अन्य केही कलाकार छानिने बताइएको छ।दक्षिण भारतीय स्टार विजय देवगरकोन्डा अभिनीत यस फिल्मलाई सन्दीप रेड्डी भङगले निर्देशन गरेका थिए। फिल्मले बक्स अफिसमा ५१ मिलियन भारतीय मूल्य बराबर कमाइ गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

हेर्नुहोस तस्बिरहरु :

fake rolex datejust usa inside the assemblage and also blend method, each associated link is good.

high quality fake rolex for sale.

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्