२४ वर्षअघि मृत्यु भएका एक गायकको स्वरमा नयाँ गीत रेकर्ड



एजेन्सी,  दक्षिण कोरियामा गायकको मृत्यु भएको २४ वर्षपछि उनकै स्वरमा गीत रेकर्ड भएको छ ।२४ वर्षअघि मृत्यु भएका एक गायकको स्वरमा दक्षिण कोरियाको एउटा प्रविधि कम्पनीले नयाँ गीत रेकर्ड गराएको हो ।

त्यसका लागि एआई अर्थात् आर्टिफिशल इन्टेलिजन्सबाट सञ्चालित हुने एउटा सफ्टवेअरलाई सन् १९९६ मा मृत्यु भएको गायक किम ख्वाङ सियोकको गायकका पुराना गीत र आवाज सुनाइएको बीबीसीमा उल्लेख छ । हाल स्वराङ्कन गरिएको उक्त गीत ती गायकले पहिला कहिल्यै पनि रेकर्ड नगराएको बताइएको छ ।

यो पनि : भेटियो पृथ्वीको सबैभन्दा पुरानो बियर कारखाना – मिस्रमा संसारको सबैभन्दा पुरानो बियर कारखाना भेटिएको छ। अमेरिका तथा मिस्रका पुरातत्वविद्को संयुक्त टोलीले भेट्टाएको यो बियर कारखानालाई संसारको सबैभन्दा पुरानो फैक्ट्री मानिएको छ। पुरातत्वविद्हरुका अनुसार यो प्राचीन मिस्रको सबैभन्दा पुरातात्विक स्थलमा भेटिएको सबैभन्दा पुरानो पुरातात्विक संरचना हुनसक्छ।

इजिप्टका प्राचीन वस्तुको सर्वोच्च परिषद्का महासचिव मुस्तफा वजिरीका अनुसार यो बियर कारखाना नील नदीको पश्चिमी किनारस्थित प्राचीन समाधिस्थल रहेको स्थान एबिडोसमा पाइएको हो । यो स्थान दक्षिणी काहिराबाट ४५० किमी टाढा रहेको छ। वजिरीका अनुसार यो कारखाना इजिप्शियन राजा नारमेरको क्षेत्रमा भेटिएको छ । राजा नारमेर (३१५० ईसापूर्व देखि २६१३ ईसापूर्व) प्राचीन मिस्रको एकीकरणको जनक मानिन्छ।

वजिरीका अनुसार पुरातत्वविद्ले यस ठाउँमा आठवटा विभिन्न इकाई भेटेका छन् । प्रत्येक इकाई २० मीटर लामो र २ दशमलब ५ मीटर चौडा रहेको छ। यहाँ माटोले बनेका विभिन्न आकृतिका ४० वटा भाँडाकुँडा पनि फेला परेका छन् । उनले यी भाँडाको प्रयोग बियर उत्पादन लागि बाली र पानीको मिश्रण तताउने कार्यका लागि गने अनुमान गरेका छन् ।

यस संयुक्त अभियानको सह अध्यक्षता न्यूयोर्क विश्वविद्यालयका फाइन आर्ट्स संस्थानका डाक्टर म्याथ्यू एडम्स र प्रिन्सटन विश्वविद्यालयका सह प्राध्यापक डेबोरा विसचाकले गरेका थिए । एडम्स भन्छन्, ‘ त्यस बेलाका शाही भोजभतेरका लागि यस क्षेत्रमा बियरको यो कारखाना स्थापित गरिएको थियो होला।’ उनका अनुसार पुरातत्वविद्हरुले प्राचीन मिस्रमा बली दिने बेलामा बियरको प्रयोग हुने प्रमाण पनि भेटिएका छन् ।

मिस्रको प्राचीन वस्तुसँग सम्बन्धित मन्त्रालयका अनुसार बेलायतका पुरातत्वविद्हरुले सन १९०० तिर नै यो कारखाना बारे उल्लेख गरेका थिए। तर त्यसबेला यसको लोकेसन पत्ता नलागेका कारण कारखाना उत्खनन हुन सकेन। दाबी गरिएको झण्डै १२० वर्ष पछि बेलायतका पुरातत्वविद्ले भनेको कुरा प्रमाणित भएको छ।

fake rolex datejust usa inside the assemblage and also blend method, each associated link is good.

high quality fake rolex for sale.

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्