बिबिसी । अस्ट्रेलियामा अब फेरी फेसबुकमा समाचार लाइक र शेयर गर्न मिल्ने भएको छ । यस अघि अस्ट्रेलियामा समाचारका लिंक खोलेर हेर्न र शेयर गर्न नमिल्ने बनाइएको थियो । फेसवुकलाई अस्ट्रेलियाले राख्दै आएको माग पुरा भएपछि अस्ट्रेलियामा समाचारसँग सम्बन्धित लागू गरेको प्र ति ब न्ध फुकुवा गरेको छ।
फेसबुकले अस्ट्रेलियामा आफ्ना प्रयोगकर्ताले फेरि समाचार सामग्री हेर्न पाउने बताएको हो। त्यहाँ प्रस्तावित एक कानुनको विरोधमा गत बिहीबारदेखि फेसबुकले आफ्नो मञ्चमा अस्ट्रेलियाबाट समाचार हेर्न नमिल्ने बनाइदिएको थियो।
उक्त कानुनमा गुगल र फेसबुकले अस्ट्रेलियाका समाचार प्रयोग गरेबापत प्रकाशकलाई शुल्क तिर्नुपर्ने प्रावधान राखिएको थियो। फेसबुक र अस्ट्रेलियाको सरकारबीच भएको सम्झौतापछि फेसबुक समाचारसँग सम्बन्धित प्रतिबन्ध फुकुवा गर्न तयार भएको हो।
बीबीसीका अनुसार अस्ट्रेलियाले भने उक्त कानुन संशोधन गर्नेछ। ठूला प्रविधि कम्पनी र समाचार उत्पादन गर्ने संस्थाबीच समाचार सामग्रीको मूल्यबारे न्यायोचित संवाद होस् भन्ने आफ्नो कानुनको उद्देश्य भएको अस्ट्रेलिया सरकारले जनाएको छ।
विश्वभरि नै चासोपूर्वक हेरिएको नियमनसम्बन्धी यो विषयलाई फेसबुक र गुगलले विरोध गरेका थिए। फेसबुकले अस्ट्रेलिया सरकारसँग भएका छलफलहरूबाट आफू ढुक्क भएको जानकारी दिएको छ। बीबीसी