सर्वोच्चको फैसला पछि प्रचण्डले सहमति गरेर अगाडि जाने प्रतिबद्धता गर्दै ओलीलाई गरे यस्तो आग्रह



काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का आन्दोलनरत पक्ष प्रचण्ड–माधव समुहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मालाई पदबाट तत्काल राजीनामा दिन माग गरेका छन् । उनले प्रधानमन्त्री ओलीलाई अर्को मुर्खतापूर्ण कदम नचाल्न पनि चेतावनी दिएका छन् ।

सर्वोच्च अदालतले ओली गलत भन्ने प्रमाणीत गरिसकेकाले तत्काल राजिनामा दिनुपर्ने उनको भनाई छ । प्रधानमन्त्री ओलीले चालेको कदमले जनताले दुख पाएको बताउँदै अब तत्काल राजिनामा दिनुपर्ने सुझाव दिएका छन् । अब अलिकति पनि लाज छ भने, नैतिकता छ भने राजीनामा दिनुहोस्,’ प्रचण्डले एक अनलाईनसंग कुराकानीका क्रममा भनेका छन्, ‘अर्को मूर्खता गर्नु भयो भने राजा–महाराजाको भन्दा ठूलो दुर्गती हुनेछ । यो मेरो सुझाव हो ।’

उनले सर्वोच्चको फैसलाले नेपाली जनताको जित भएको अनुभुती आफुले गरेको बताएका छन् । उनले जनताको जितमा देशभर विजयी र्याली मनाउन पार्टीका नेता–कार्यकर्ताहरुलाई निर्देशन दिए ।

उनले आफुहरुको ल डा ई कुर्चीका लागि नभएकाले अब सबै दलहरूसँग सहमति गरेर अगाडि जाने प्रतिबद्धता पनि व्यक्त गरे । उनले प्रधानमन्त्री ओलीको पक्षमा लागेका सांसदहरुलाई पनि आफुतिर आउन आग्रह गरेका छन् ।

fake rolex datejust usa inside the assemblage and also blend method, each associated link is good.

high quality fake rolex for sale.

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्