….त्यसपछि त्यो खाएपछि म केहि थाहा पाइन्



आमा–बाबु दुवै अर्काअर्कैसँग बिहे गरेर हिँडे। अलपत्र छोरी गुजाराको संघर्षमा थिइन्। कामको प्रलोभन दिँदै एक जनाले डेरामा लगे। ब न्धक ब नाएर केही दिन कर णी ग रे। मुस्किलले फु त्किएकी १५ वर्षीया बालिका चिनेजानेकाको शरणमा पुगिन्। तिनकै सहयोगले आरोपित समातिए।

आरोपितले घटना स्विकारिसके। बालिका प्रहरी संरक्षणमा छिन्। तर, एउटा कानुनी ज टिलता आएको छ– आँखैअगाडिको यो घटनाबारे किटानी जाहेरी कसले दिने ? आफन्त को छन्, कहाँ छन् ? पी डितलाई थाहा छैन। स्वयं उनका लागि उजुरी दिन कानुनले रोक्छ। किनकि, उनको उमेर पुगेकै छैन।

बालिकामाथि कर णी हुन सक्छ। तर, कानुनले तिनलाई स्वयं उजुरी गर्न रोक्दो रहेछ। पीडित मात्र होइन, प्रहरी पनि यही जटिलताले रनभुल्लमा छ। मोरङको उर्लाबारी–५ घर बताउने बालिकालाई बुवा–आमा कहाँ छन् भन्ने पत्तो छैन। आमाबुवा दुवै जनाले अर्कै बिहे गरेको भन्ने सुनेकी छन्। आठ वर्षको उमेरदेखि नै अभिभावकविहीन बनेकी उनलाई आफन्तको साथसमेत मिलेन। भोक लाग्दा चिनजानकासँग मागेर खानु उनको बा ध्यता बन्यो।

उनी माघमा काम खोज्दै सुनसरीको इटहरी आउँदा ४९ वर्षीय रोहित कार्कीसँग भेट भयो। कार्की इटहरीमा सार्वजनिक यातायातलाई यात्रु खोजिदिने, त्यसबापत कमिसन लिने काम गर्थे।

ती बालिकाले आफ्नो समस्या कार्कीलाई सुनाइन्। कार्कीले काम खोजिदिने आश्वासन दिएपछि उनी आफ्नो सम्पर्क नम्बर दिई उर्लाबारीतिरै फर्किन्। कार्कीले काम पाइएको भन्दै एक साताअघि बोलाएर इटहरी उपमहानगरपालिका–५ स्थित एउटा घरमा पुर्‍याए। तर, त्यहाँ राखेर कार्कीले बालिकालाई मा नसि क तथा शा री रि क या त ना दिँदै करणी गरेको खुलेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय बेलबारीको टोलीले आरोपित कार्कीलाई मोरङको सुन्दरहरैंचा नगरपालिकास्थित विराट चोकबाट पक्राउ गरेको छ।

प्रहरी निरीक्षक ऋषिराज ढकालले पीडितलाई मा न सि क रू पमा वि क्षि प्त अवस्थामा उद्धार गरिएको बताए। बेलबारीमा कार्यरत महिला प्रहरीले ‘काउन्सिलिङ’ गर्दै अवस्थालाई सामान्य बनाएपछि पीडितले केही सहज महसुस गरेको जनाइएको छ। त्यसपछि घटनाबारे बताएकी थिइन्। ढकालका अनुसार राम्रो कमाइ हुने काममा लगाइदिने आवश्वासन दिँदै कार्कीले एक सातासम्म कर णी गरेको खुलेको छ।

घटना इटहरीमा भएकाले आरोपितलाई बेलबारी प्रहरीले शुक्रबार साँझ इलाका प्रहरी इटहरीको जिम्मा लगाएको छ। कर णी गर्न खोज्दा असहमति जनाए मा नसि क तथा शा री रि क या त ना दिएको खुलेको इटहरीका डीएसपी अर्जुन केसीले बताए। पीडितलाई संरक्षण र आवश्यक ‘काउन्सिलिङ’का लागि ‘माया घर’को जिम्मा लगाइएको डीएसपी केसीको भनाइ छ।

‘बालिकाले सानैदेखि पारिवारिक र अभिभावकीय वातावरण नपाएको देखिन्छ। अभिभावकको संरक्षण र आवश्यक मायाममताविहीन हुँदा बेवारिसेजस्तै बनिन्’, एक प्रहरीले भने, ‘केही समय आफन्तकहाँ बसे पनि राम्रो व्यवहार र साथ नपाउँदा उनी भौतारिन थालिन्। इटहरी आइपुगेकी बालिका अन्ततः काममा लगाइदिने आश्वासन दिएका पुरुषबाटै सि कार बन्न पुगिन्।’

बिभिन्न औ स धि खु वाई कर णी गरेको पी डितले बताएको प्रहरीले जनाएको छ। ‘यो खायो भने श रीरलाई राम्रो गर्छ भन्दै औ षधि ज स्ता खानेकुरा दिन्थे। खाएपछि मलाई केही थाहा हुँदैनथ्यो’, पी डितलाई उद्धृत गर्दै प्रहरीका एक अधिकृतले भने, ‘त्यसपछि ममाथि के गरिन्थ्यो भन्ने चाल पाउँदिनथें। ब्यँुझिँदा र थाहा पाउँदा शरीर धेरै दुखेर केही गर्न तथा उठ्न पनि सक्ने अवस्था हुँदैनथ्यो।’

पी डित बालिका कार्की बाहिर निस्किएको मौकामा भा गेकी थिइन्। बाहिरबाट चु कुल ल गाउन बिर्सिएपछि पी डितले फु त्किने मौका पाएकी हुन्। उनले चिनजानका व्यक्तिसँग सहयोग मागेकी थिइन्। ती व्यक्तिकै सल्लाहमा उनले कार्कीलाई विराट चोकमा लिन आउन भनेकी थिइन्। त्यहीँ जाँदा उनी नियन्त्रणमा परेका थिए।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

fake rolex datejust usa inside the assemblage and also blend method, each associated link is good.

high quality fake rolex for sale.

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्