सलमानले बनाए ‘इमोर्टल’ पेन्टिङ, बेङ्लोरको कला प्रदर्शनीमा राखिने



मुम्बई । बलिउड अभिनेता सलमान खान अभिनयका अलावा पेन्टिङमा पनि उत्तिकै पोख्त छन् । उनी प्रायः आफूले गरेको पेन्टिङको भिडियो सामाजिक सञ्जालमा शेयर गरिरहन्छन् । अब सलमानको पेन्टिङ बेङ्लोरको कला प्रदर्शनीमा राखिने भएको छ । अबीनिन्द्रनाथ टेगोर, राजा रवि वर्मा र वी एस गायतोंडेजस्ता चर्चित पेन्टिङ कलाकारका साथ सलमानको पेन्टिङ राखिनेछन् ।

आजतकमा प्रकाशित समाचार अनुसार सामाजिक सञ्जालमा सलमानले एक पोस्टर शेयर गर्दै आफ्नो भावना लेखेका छन् । ‘अनौठो, निरास, सम्मानित र प्रसन्न महसूस गरिरहेको छु । मेरो काम यति ठूला कलाकार जस्तै राजा रवि वर्मा, अबीनिन्द्रनाथ टेगोर र वी एस गायतोंडेका साथ राखिनेछ । यो सम्मानका लागि धन्यवाद’, उनले लेखेका छन् ।

यो प्रदर्शनीमा सलमानको ‘इमोर्टल’नामक पेन्टिङ राखिनेछ । यो पेन्टिङ मदर टेरेसामा आधारित छ । सलमानले यो पेन्टिङमा हस्ताक्षर पनि गरेका छन् । कामको कुरा गर्दा सलमानका धेरै फिल्महरु पाइपलाइनमा छन् । उनको फिल्म ‘राधेः योर मस्ट वान्टेड भाइ’ यही इदमा रिलिज हुँदैछ । प्रभु देवा निर्देशित फिल्ममा सलमानको अपोजिटमा अभिनेत्री दिशा पटानी छिन् । यसबाहेक उनी ‘टाइगर ३’, ‘कभी इद कभी दिवाली’ र ‘पठान’मा पनि देखिँदैछन् ।

 

fake rolex datejust usa inside the assemblage and also blend method, each associated link is good.

high quality fake rolex for sale.

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्