ऋषि जी चुप लाग्नुस् भन्ने नारायणकाजीले ऋषिलाइ फेरी अन्तर्वार्तामै हप्काए, ऋषिले पनि पारे यो पल्ट र्याक र्याक (भिडियोसहित)



काठमाडौं, । नेकपा (माओवादी केन्द्र) का प्रवक्ता नारायणकाजी श्रेष्ठले सर्वोच्च अदालतको गलत फैसलाका कारण नेकपा फेरी पुर्ववत अवस्थामा गएको बताएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतले संसद विघटनको निर्णय असंवैधानिक भनेपछि तत्काल राजिनामा दिनुपर्ने बताएका छन् ।

उनले अबको कदम निकै विचार गरेर मात्र निर्णयमा पुग्ने बताएका छन् । संसद पुनस्थापना पछि अब प्रतिनिधि सभाले अब बाँकी २ वर्ष काम गरोस् भन्ने चाहेकाले सरकारलाई दिएको समर्थन फिर्ता नलिएको बताएका छन् । तर उनले अब नयाँ सरकार निर्माणको लागि सबै दलसंग छलफल जारी रहेको बताएका छन् । उनले कांग्रेस, जसपा लगायतका पार्टीसंग छलफल गरिएको बताए । छलफल सकारात्मक भइरहेको बताएका छन् ।

उनले सर्वोच्च अदालतले पार्टी फुटाउने निर्णय गर्न नमिल्ने बताएका छन् । तर पनि अझै प्रधानमन्त्री ओलीले जनताले दिएको अवसरको मुल्याकंन गर्दै आए र आफ्ना गल्ती स्वीकार गरे कम्युनिष्ट एकताको सम्भावना अझै पनि जिवित रहेको बताएका छन् ।

उनले गल्ती स्वीकार गरे आफूहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसँग बदलाको भाव नराख्ने जनाएका छन् । उनले आफूहरु अब कम्युनिष्ट आन्दोलनलाई अघि बढाउने तयारीका साथ अघि बढेको स्पष्ट पारेका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले प्रधानमन्त्री ओली विरुद्ध अविश्वासको प्रस्ताव ल्याउन कांग्रेस सहकार्य गर्न तयार रहेको तर्फ वार्ता अघि बढेको बताएका छन् । सबै कुरा भने जस्तो भए कांग्रेसको नेतृत्वमा सरकार बने आफुहरुले पनि स्वीकार गर्ने बताएका छन् । त्यो सम्भव रहेको बताएका छन् ।

fake rolex datejust usa inside the assemblage and also blend method, each associated link is good.

high quality fake rolex for sale.

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्