थापाथली इन्जिनियरिङ क्याम्पसमा अध्यनरत विद्यार्थीहरुले बनाए इलेक्ट्रिकल भेइकल



काठमाडौं । थापाथली इन्जिनियरिङ क्याम्पसमा अध्यनरत विद्यार्थीहरुले इभी अर्थात् इलेक्ट्रिकल भेइकल बनाएका छन् । उनीहरुले यो इभी भेइकल मान्छे बोक्न वा सामान ढुवानी गर्नका लागि होइन, आगामी सेप्टेम्बरमा आयोजना हुन लागेको विश्व प्रतिस्पर्धाका लागि बनाएका हुन् ।

अहिले गाडीको चेसिस मात्र तयार भएको छ । सिरेटो टिमका अनुसार कलेजको परीक्षाका कारण इभीको बाहिरी भाग (फ्रेम) बनाउने काम बाँकी छ । उनीहरुले बाहिरी भाग नि चाँडै बनाउदै छन् । उनीहरुको टिमको नाम सिरेटो रहेको छ ।

सिरेटो टिम भन्दा सुन्नेहरू अकमकिन्छन् । तर, उनीहरूले नयाँ कामको सुरुवातलाई मौसम परिवर्तन हुँदा चल्ने चिसो बतास (सिरेटो)सँग जोडेर टिमको नामकरण गरेका हुन । अर्थात् प्रतियुनिट विद्युतबाट केही किलोमिटर गुड्ने गाडीलाई मौसम परिवर्तन जस्तै अनुभूत गराउँदै धेरैभन्दा धेरै माइलेज दिने योजनामा तन–मनले लागेका छन् ।

सेल इनर्जीले अमेरिका, युरोप र एसियाली मुलुकमा म्याराथन आयोजना गर्दै आइरहेको छ । जहाँ विद्युतीय, पेट्रोलियम र हाइड्रोजन फ्युलबाट चल्ने गाडीबिच प्रतिस्पर्धा हुन्छ । यो प्रतिस्पर्धामा थोरै इनर्जी खपत गरेर धेरै माइलेज दिने आविष्कार उत्कृष्ट ठहरिन्छ ।

सिरेटो टिममा स्नातक तेस्रो वर्षमा अध्ययनरत मेकानिकल, अटोमोबाइल, इलेक्ट्रिकल लगायत विभिन्न विधाका १० विद्यार्थी सहभागी रहेका छन्। फ्याकल्टी एडभाइजर सुबोधकुमार घिमिरेले उनीहरूलाई डोहो¥याइरहेका छन्।

घिमिरेको सल्लाह र सुझाब लिँदै मेकानिकल विषय पढिरहेका सौगात पाण्डे, धनप्रसाद प्रधान र ओजश्वी शर्मा अनि अटोमोबाइल विषय पढिरहेका अनिल खड्का, अमन श्रेष्ठ, युगेन महर्जन, भुवनेश्वर दाहाल र विवेक पौडेलका साथै इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन विषय पढिरहेका स्वर्णिम श्रेष्ठ सबैको दिमागले भ्याएसम्म राम्रो र उत्कृष्ट निर्माणमा लागि रहेका छन्।

गोल्छा ग्रुपकोसि.एस.आर अन्तर्गत यो इलेक्ट्रिकल भेइकल बनाउन गोल्छा ग्रुपलेसहयोग गरेको छ । गोल्छा ग्रुपलेसधै नयाँ कामको र नयाँ खोजको कदर गर्दै आएकोछ ।

fake rolex datejust usa inside the assemblage and also blend method, each associated link is good.

high quality fake rolex for sale.

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्