ओलीलाई योगेशको चुनौती : हाम्रा पक्षमा रहेका साढे ३ लाख कार्यकर्ताको लिष्ट दिन्छु सबैलाई कारवाही गरेर देखाउ (भिडियो)



काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले संयमता देखाए फेरी पार्टी एकता हुनसक्ने बताएका छन् । उनले वालुवाटारमा बसेर ओलीले अरुको पार्टी समेत फुटाउने प्रयास गरेको बताए ।

उनले आफ्नै पार्टीमा देखिएको समस्या समाधान गर्नुभन्दा पनि पार्टी फुटाउनुमै उनको लक्ष्य भएको बताएका छन् । उनले ओली र पुष्पकमल दाहाल प्रचण्डसंग कुराकानी गरेर कम्युनिष्ट एकता कायम राख्दै सर्वोच्च अदालतको फैसलालार्य कार्यान्वयन गर्नुपर्ने बताएका छन् ।

उनले सर्वोच्चको फैसलाको पुर्णत कार्यान्वयन गर्नुपर्ने बताएका छन् । उनले ओलीको तर्फवाट पार्टी मिलाउन कुनै पहल नभएको आरोप लगाएका छन् । एक भिडियो अन्तरवार्ताका क्रममा उनले यस्तो आरोप लगाएका हुन् ।

तर प्रधानमन्त्री ओली महाधिवेशनमा निर्वाचन जितेको र आम निर्वाचनमा पनि जनादेश लिएरै आएको हो भन्ने कुरा आफुहरुले स्वीकार गरेको भएपनि उनले संसदिय निर्वाचन र पार्टी भित्रको अवस्थाको भेद छुट्याउन नसकेको भट्टराईको आरोप छ ।

संसदिय निर्वाचनमा अन्य पार्टीका दलका नेताहरुलाई पराजित गराएजस्तै आफ्नै पार्टी भित्रका नेताहरुलाई पनि ब्यवहार गरेका कारण समस्या उत्पन्न भएको बताए ।

उनले पार्टी भित्र पराजित भएपनि पराजित भएका उम्मेदवारलाई दिएको मतको पनि कदर गर्नुपर्ने बताएका छन् । उनले माधव नेपालको पक्षमा रहेका धेरै नेताहरुले पनि निर्वाचन जितेर आएकै कारण ओलीले आफुहरुको पनि सम्मानजनक ब्यवहार गर्नुपर्ने बताए ।

fake rolex datejust usa inside the assemblage and also blend method, each associated link is good.

high quality fake rolex for sale.

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्