गाडी किन्दै हुनुहुन्छ भने यो मासिक किस्ता २२ हजारभन्दा कममै एसयूभी पाइने



काठमाडौं । नयाँ वर्षको मौका छोपेर सब फोर मिटर साइजको नयाँ एसयूभी किन्ने तयारी गर्दै हुनुहुन्छ भने तपाईले मासिक २२ हजार रुपैयाँ किस्ता तिर्नेगरि खरिद गर्न सक्नु हुन्छ ।

निसानको आधिकारीक विक्रेता पायोनियर मोटोकर्पले केहि दिनअघि नेपालमा विक्री सुरु गरेको सब फोर मिटर एसयूभी म्याग्नाइट किन्न चाहने ग्राहकले २२ हजार मासिक किस्तामा यो गाडी खरिद गर्न सक्ने छन् ।

निसान म्याग्नाइट यो सेग्मेन्टकै सबैभन्दा कम मूल्यको एसयूभी हो । यसको सुरुवाती मूल्य २९ लाख ४९ हजार रुपैयाँ रहेको छ ।

कम्पनीले यसमा १.० लिटर टर्बो चार्ज्ड इन्जिन दिने छ । उक्त इन्जिनले ९५ हर्सपावर प्रदान गर्नेछ । यसमा ५ स्पीड म्यानुयल र अटोमेटिक गियरबक्स दिइने छ । नयाँ सव फोर मिटर एसयूभीमा सनरुफ भने उपलब्ध हुने छ । साथै, कनेक्ट भेहिकल टेक्नोलोजी प्रयोग गरिने कम्पनीले जनाएको छ ।

निसान म्याग्नाइटले बजारमा मारुती सुजुकी भिटार ब्रेजा, टाटा नेक्सन, हुन्डाई भेन्यू, महिन्द्रा एक्सयूभी ३००, फोर्ड इकोस्पोर्ट जस्ता बजारमा स्थापित मोडलसँग हुने छ ।

यो निसानले उत्पादन गर्ने सबैभन्दा सस्तो मूल्यको एसयूभी हुने छ । संभवत यसको मूल्य हुन्डाई भेन्यूको जस्तै रहने छ ।

fake rolex datejust usa inside the assemblage and also blend method, each associated link is good.

high quality fake rolex for sale.

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्