विश्वमा सबैभन्दा धेरै मात्रामा भारतमा चार करोड मानिसले खोप लगाए



लण्डन । विश्वमा सबैभन्दा धेरै भारतमा चार करोड भन्दा धेरै मानिसले कोभिड १९ बिरुद्ध खोप लगाएका छन् । भारतमा करिब चार करोड भन्दा धेरै मानिसले न्युनतम एक डोज खोप लगाएका छन् । भारतमा स्वास्थ्यकर्मी, सरसफाई कर्मचारीहरुलाई प्राथमिकतामा राख्दै जनवरि १६ देखि खोप लगाउन शुरु गरेको हो । त्यस्तै, मार्च एक देखि सर्वसाधारणमा पनि खोप लगाउन जारी गरिएको छ ।

भारतले कोभाक्सिन र कोभिशिल्ड दुई खोपहरु उत्पादन गरी प्रयोग गरिरहेको छ । हालसम्म भारतमा एक करोड एघार लाख बढी मानिसहरु कोभिड १९ संक्रमित भएका छन् भने एक लाख ५७ हजार भन्दा धेरैले ज्यान गुमाएका छन् । यधपी, महाराष्ट्र, केरला, पञ्जाब, कर्नाटका, गुजरात, तमिलनाडु र मध्य प्रदेशमा संत्रमण दर उल्लेख्य रुपमा घटेको छ ।

विश्वको ६० प्रतिशत खोप उत्पादन गरिरहेको भारत खोप उत्पादनको मुख्यकेन्द्र बनेको छ । भारतमा आगामी जुलाई अन्तिम सम्म २५ करोड मानिसमा ५० करोड डोज खोप लागाउने योजना रहेको सरकारले बताएको छ ।

fake rolex datejust usa inside the assemblage and also blend method, each associated link is good.

high quality fake rolex for sale.

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्