भोजपुरमा मोवाइल पड्किदा महिला गम्भीर घाइते



भोजपुर । सूचना र समाचारका लागि मोबाइल मानिसको जीवनको अभिन्न अंग जस्तै बनेको छ । इन्टरनेटको पहुँच पुगेको स्थानमा मोवाइलबाट धेरै कुरा पढ्न,हेर्न र सुन्न सकिन्छ । मोबाइलको महत्वको कुरा गर्दा विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीमा विद्यार्थीले घरमै बसेर विद्यालयको पढाइ मोबाइलमार्फत् गर्नुपर्‍यो।

साथमा मोबाइल नहुँदा एक दिन पनि बिताउन नसकिने अवस्था आएको छ। मोबाइलको प्रयोगले मानिसको जीवनलाई निकै सहज बनाइदिएको छ । तर मोवाइलको सही सदुपयोग गर्न जानिएन भने यसले जीवनमा अकल्पनीय दुर्घटना समेत निम्त्याउन सक्छ र नसोचेको घटना एक्कासी हुने गर्छ । धेरैजसोले मोबाइल चार्जमा राखेर चलाउने गर्छन् । तर यस्तो बानीले बेला– बेलामा गम्भिर घटना हुने गर्छ ।

यसै क्रममा चार्जमा राखेको मोवाइल पड्किदा एक महिला घाइते भएकी छिन् । भोजपुरको षडानन्द नगरपालिका–१० बस्ने ५३ वर्षीय शर्मिला तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । तामाङको हात, छातीलगायतका ठाउँमा चोट लागेको प्रहरीको भनाइ छ । घाइतेको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका सूचना अधिकारी तथा प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहका अनुसार जिल्लाको मङ्गलसेन नगरपालिका – १ की १५ वर्षीया सपना नाथको मोबाइल पड्किएर मृत्यु भएको हो । मृतक नाथ स्थानीय कुन्ति माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्यनरत थिइन् । मोबाइल पड्किँदा गम्भीर घाइते भएकी नाथको जिल्ला अस्पताल अछाममा उपचारका क्रममा आज मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोबाइल पड्किँएर मानिसले ज्यान गुमाएको यो पहिलो घटना भने होइन । विराटनगरमा पनि २०७५ पुष २८ गते यस्तै घटना घटेको थियो । आगोमा परेको मोबाइलको ब्याट्री पड्किँदा विराटनगरमा ११ वर्षिय अमित मण्डलको घटनास्थलमै मृत्यु भएको थियो भने राधिका मण्डल गम्भीर घाइते भएकी थिइन् । घरभित्र आगो ताप्ने क्रममा मोबाइल आगोमा परेको थियो । गम्भीर घाइते राधिकाको विष्फोटका कारण शरीरका विभिन्न अंगमा क्षति भएको थियो । घाइते राधिकाको दुवै आँखा, अनुहार, हातखुट्टामा गहिरो चोट लागेको थियो ।

यस घटनापछि मोबाइल तातेपछि नचलाउन र चार्जमा राख्दा सकेसम्म आफूभन्दा केहि पर राख्न प्रहरीले सुझाएको छ।

fake rolex datejust usa inside the assemblage and also blend method, each associated link is good.

high quality fake rolex for sale.

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्