अब अनलाइन सञ्चारमाध्यम नवीकरण गर्न नपर्ने, सर्वोच्च अदालतले दियो यस्तो आदेश



काठमाडौ । अनलाईन संचार माध्यम नवीकरण नगरे सेवा बन्द गर्ने सरकारी नियमलाई सर्वोच्च अदालतले खारेज गरिदिएको छ । अधिवक्ता तथा पत्रकारद्वय लीलानाथ घिमिरे र बिष्णुकुमार गिरी निश्चलले दिएको रिट निवेदनमा अन्तिम सुनुवाइ गर्दै सबोच्च अदालतले यस्तो आदेश दिएको हो ।

अनलाइन संचारमाध्यम म्यादभित्र नबिकरण गराउने अनलाइन सञ्चारमाध्यमको सेवा प्रचलित कानुन बमोजिम रोक लगाउन सकिने छ भन्ने ब्यवस्था संविधानसँग बाझिएकाले उत्प्रेषणको आदेशद्वारा बदर गरिदिएको हो । अनलाइन संचारमाध्यम संचालन निर्देशिका २०७३ को दफा ६ (३) मा भएको ब्यवस्था संविधानसंग बाझिएको भन्दै सो ब्यवस्थालाई खारेज गर्ने आदेश दिएको हो ।

सबोच्च अदालतका न्यायाधिशहरु दीपककुमार कार्की र शुष्मालता माथेमाको इजलासले नेपालको संविधान २०७२ को धारा १९ (२) मा रहेको ब्यवस्था विपरित निर्देशिका आएकाले खारेज गरिएको उल्लेख छ ।

संविधानमा कुनै श्रव्य, श्रव्यदृश्य वा विद्युतीय उपकरणको माध्यम वा छापाखानाबाट कुनै समाचार, लेख, सम्पादकीय, रचना, सूचना वा अन्य कुनै सामग्री मुद्रण वा प्रकाशन, प्रसारण गरे वा छापे बापत त्यस्तो सामग्री प्रकाशन, प्रसारण गर्ने वा छाप्ने रेडियो, टेलिभिजन, अनलाइन वा अन्य कुनै किसिमको डिजिटल वा विद्युतीय उपकरण, छापा वा अन्य सञ्चार माध्यमलाई बन्द, जफत वा दर्ता खारेज वा त्यस्तो सामग्री जफत गरिने छैन भन्ने ब्यवस्था छ ।

सर्बोच्चको उक्त आदेशपछि अब अनलाइन संचारमाध्यम नवीकरण गर्नु पर्ने छैन । सर्बोच्चमा मंगलबार भएको सुनुवाइमा रिट निवेदकहरु लीलानाथ घिमिरे, विष्णु गिरी निश्चल र अधिवक्ता राजकुमार रानाले बहस गरेका थिए । रिटमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, संचार तथा सूचना प्रविधि मन्त्रालय र सूचना तथा प्रसारण विभागलाई विपक्षी बनाइएको थियोे ।

यसरी अंकुश लगाउनु संविधान प्रदत्त अधिकारको विरुद्ध हो भनेर सबोच्चले भनेको छ, उनले भने, एकै प्रकारको संचारमाध्यम पत्रपत्रिका र अनलाइन संचारमाध्यमलाई विभेद गर्ने गरी बनाइएको निर्देशिकाको प्रावधान संविधानसँग बाझिएकाले सबोच्चले खारेज गरिदिएको छ ।

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका निवर्तमान अध्यक्ष सन्तराम विडारीले आफूहरुको लामो समयदेखिको ल डा इँ मा जित हासिल भएको बताए । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले अनलाइन संचारमाध्यम नवीकरणको प्रावधान खारेज गर्न माग गर्दै आन्दोलन गर्दै आएको छ ।

fake rolex datejust usa inside the assemblage and also blend method, each associated link is good.

high quality fake rolex for sale.

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्