मुख्यमन्त्रीबाट गुरुङ हट्ने पक्का भएपछि यी हुन् अब गण्डकी प्रदेशका नयाँ मुख्यमन्त्री !



गण्डकी प्रदेश सरकारलाई चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चाले दिँदै आएको समर्थन फिर्ता लिएको छ । पार्टी अध्यक्ष चित्रबहादुर केसीले बुधबार वक्तव्य जारी गरेर प्रदेश सरकारलाई दिइएको समर्थन फिर्ता लिइएको घोषणा गरेका हुन् ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध आउने अविश्वास प्रस्ताव पक्षमा मतदान गर्नेगरी सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको वक्तव्यमा उल्लेख छ ।

यसअघि, जनमोर्चाले प्रतिनिधिसभा विघटन गरेका केपी ओली नेतृत्वको सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिएको घोषणा गरे पनि गुरुङ नेतृत्वको गण्डकी प्रदेश सरकारको समर्थन भने फिर्ता लिएको थिएन ।

जनमोर्चाको यो घोषणासँगै गण्डकी प्रदेश सभामा नेपाली कांग्रेस १५, माओवादी केन्द्र १२, जनमोर्चा ३ र जनता समाजवादी २ सहित मुख्यमन्त्री गुरुङ नेतृत्वको सरकारको विपक्षमा ३२ सांसद पुगेका छन् । प्रदेश सभामा एमाले पक्षका २८ सांसद ( १ स्वतन्त्र सहित) रहेका छन् । ६० सदस्यीय प्रदेश सभामा सरकार बनाउन या बचाउन ३१ सांसद चाहिन्छ ।

गण्डकीमा हाल नेकपा एमाले र माओवादी केन्द्रको संयुक्त सरकार छ । गत २५ चैतमा माओवादी केन्द्रका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान र भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापामगरले राजीनामा दिएपछि सरकार धरापमा परेको थियो ।

यद्यपि, माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन भने फिर्ता लिइएको छैन । समर्थन फिर्ता नलिए पनि नयाँ सरकारका लागि नेपाली कांग्रेस माओवादी र जनता समाजवादी पार्टीले राष्ट्रिय जनमोर्चाको साथ खोजिरहेका छन् ।

स्रोतका अनुसार सत्ता समीकरण अगाडि बढाउने विषयमा एकै ठाउँमा रहेका कांग्रेस र माओवादी बिच नेतृत्व कसले गर्ने भन्ने विषयमा कुरा टुङ्गिन नसके पछि कांग्रेस सभापति देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बिच मङ्गलवार भएको भेटवार्ताले कांग्रेसको नेतृत्वमा सरकार बनाउने सहमति भएको छ ।

देउवा र प्रचण्ड बिचको यो सहमतिले छिट्टै गण्डकी प्रदेशको सत्ता समीकरण परिवर्तन भएर कांग्रेस नेतृत्वमा नयाँ सरकार बन्ने अवस्थाको विकास भएको हो । स्वाभाविक रूपमा कांग्रेसको दलको नेता नै मुख्य मन्त्री बन्ने भए पछि कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली मुख्यमन्त्री बन्ने कुरामा कांग्रेसमा विवाद नभएको कांग्रेसबाट निर्वाचित एक प्रदेश सभा सदस्यले बताए । यदि कांग्रेसको नेतृत्वमा सरकार बन्ने अवस्था आयो भने देशकै कान्छो जिल्लाको रूपमा रहेको नवलपुरले मुख्यमन्त्री पाउने निश्चित देखिएको छ ।

उता नयाँ सरकारको नेतृत्व गर्न माओवादी पनि इच्छुक थियोे । स्रोतका अनुसार माओवादी केन्द्रको संसदीय दलका नेता हरिबहादुर चुमान काठमाण्डौ पुगेर पुष्पकमल दाहाल प्रचण्डसँग आफूलाई मुख्यमन्त्री बनाउन कांग्रेस सभापति शेरबहादुर देउवासँग कुरा गरिदिन अनुरोध गरेका थिए ।

तर, देउवाले प्रस्ताव अस्विकार गरे र, कांग्रेसको नेतृत्वमा नयाँ सरकार बन्ने जवाफ फर्काए । त्यसपछि माओवादी केन्द्रको केन्द्रिय नेताले नै यहाँको माओवादी संसदीय दललाई कन्भिन्स गर्दै मुख्यमन्त्रीमा कांग्रेसलाई सहयोग गर्न बुधबार दिउँसो निर्देशन दिएको हो ।

माओवादीको उक्त निर्देशनसँगै गण्डकीमा कांग्रेसको सरकार बन्ने निश्चित भएको हो । कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल आगामी मुख्यमन्त्री बन्नेछन् । बिहीबार बस्ने कांग्रेस संसदीय दलको बैठकले पोखरेललाई सर्वसम्मत रुपमा मुख्यमन्त्रीमा उठाउने निर्णय गर्नेछ ।

पोखरेल नवलपरासी “क” बाट प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य हुन् ।

fake rolex datejust usa inside the assemblage and also blend method, each associated link is good.

high quality fake rolex for sale.

नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्